arrow

४०० वर्ष पुरानो बौद्ध मन्दिरमा पुजारी बन्यो रोबट, जीवन दर्शनबारे दिन्छ शिक्षा

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
robout-poojari.JPG

टोकियो । जापानको एक ४०० वर्ष पुरानो बौद्ध मन्दिरमा मूल पुजारीको रुपमा रोबटलाई नियुक्त गरिएको छ । बौद्ध मन्दिरमा रोबटको नियुक्तिको विषयमा केही विवाद पनि चलिरहेको छ । तर, त्यसका बाबजुद पनि एन्ड्रोइड क्याननको क्योटोको कोदाइजी मन्दिरमा रोबटलाई पुजारी राखिएको हो । 

रोबटले मन्दिरमा आउनेवाला श्रद्धालुहरुलाई दया र करुणाको सन्देश दिने गर्दछ । मन्दिरमा रहेका अन्य मानव पुजारीहरु रोबटको सहायता गर्दछन् । उनीहरुले आर्टिफिसियल इन्टिलिजेन्सको रुपमा आउने दिनमा रोबट अझै अधिक बुद्धिमान हुने विश्वास पनि गरेका छन् । 

मन्दिरका एक पुजारी थेनसे गोटोले भने, ''यो रोबट कहिलैपनि मर्नेछैन । समयका साथसाथै यसमा केही सुधार हुनसक्ला र आफैं बदलिँदै जान्छ । यसलाई समय अनुसार प्रासङ्गिक बनाउँदै लगिन्छ । विस्तारै यसले बौद्ध धर्म अनुसारको आफ्नो ज्ञानमा वृद्धि गर्दै जानेछ र यो समय अनुसार चल्दै जानेछ ।'' 

वयस्क व्यक्तिको आकारमा रोबट 
एक वयस्क व्यक्तिको आकार अनुसार यस रोबटले यसै वर्षको सुरुदेखि काम सुरु गरेको हो । यो रोबटको शरीरलाई हिँड्न-डुल्नको लागि सक्षम बनाइएकोछ । अनुहार र काँधमा सिलिकनले ढाकिएको छ । ताकि यो मानिसको छाला जस्तै महसुस होस् । कोही पनि भक्त आए भने रोबट दुबै हात जोडेर एकदमै कोमल आवाजमा प्रार्थना गर्ने गर्दछ। रोबटको मेसिनको बारेमा पनि मानिसहरुले सजिलै पत्ता लगाउन सक्दछन् । आल्मोनियमको शरीर र जलिरहेको बत्तिले यो मेसिन हो भन्ने थाहा हुन्छ । 

१० लाखमा तयार भएको रोबटले दिन्छ करुणाको शिक्षा 
ओसाका यूनिवर्सिटीको मशहूर रोबटिक्स प्रोफेसर तथा जेन टेम्पलका सहयोगबाट यस रोबटको निर्माण निर्माण करिब १० लाखमा गरिएको थियो । रोबटको मूल विशेषता भनेको नै यो श्रद्धालुहरुको समवेदना र करुणाको बारेमा शिक्षा दिने गर्दछ । यसको साथ साथ वासना, क्रोध र अहंकारको के दुष्प्रभाव हुन सक्छ ? भन्ने बारेमा पनि शिक्षा दिने गर्दछ । एजेन्सीको सहयोगमा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ