arrow

एनआरएनए पोर्चुगलमा दुई पक्षीय भिडन्त: गैरे र रिजालबीच चुनावी प्रतिष्पर्धा

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
nrn-portugal1.jpg

लिस्वन । गैरआवासीय नेपाली संघ, पोर्चुगलको नयाँ नेतृत्वका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ । 

२०१९—२०२१ कार्यकालका लागि कांग्रेस र बामपन्थी समूहबीच प्रतिस्पर्धा हुन लागेको हो । अध्यक्षमा कांग्रेस निकट नेपाली जनसम्पर्क समितिका तिलक गैरे र नेकपा निकट प्रवासी एकता मञ्चका ईश्वर रिजालले उम्मेदवारी दिएका छन् । गैरे वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष हुन् भने रिजाल उपाध्यक्ष हुन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यसहित अधिकांश पदमा दुवैतर्फबाट उम्मेदवारी परेको छ । आइसीसी सदस्य पदमा कांग्रेस निकट रविन अधिकारी र नारायणकाजी मगरले उम्मेदवारी दिएका छन् भने नेकपासहितको गठबन्धनबाट गोविन्द सापकोटा र धनराज शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् । पोर्चुगलबाट आइसीसीमा दुई सदस्य निर्वाचित हुनेछन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा भीमसेन थापा र आनन्द गुरुङ  तथा उपाध्यक्षमा अशोक गुरुङ, गणेश पाण्डे, पेमछिरी शेर्पा र मच्छिन्द्र अर्यालले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा एक र उपाध्यक्षमा दुई जना निर्वाचित हुने छन् । महिला उपाध्यक्षमा भने जनसम्पर्क समितिकी सीता श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ । 

महासचिवमा जनसम्पर्क समितिका प्रकाश कडरिया, प्रवासी मञ्चका हेमराज सुवेदी र आदिवासी जनजाति महासंघका पेम्बागेलु शेर्पाले उम्मेदवारी दिएका छन् । दुई सचिवमा यामेन्द्रकुमार घर्ती र प्रकाश ढकालको मात्रै उम्मेदवारी परेको छ । घर्ती कांग्रेस निकट हुन् भने ढकाल मञ्च निकट हुन् । कोषाध्यक्षमा जनसम्पर्क समिति निकट बिक्रमजंग कुँवर र मञ्च निकट हरि थापाको उम्मेदवारी परेको छ । कुँवर वर्तमान समितिका सदस्य हुन् । सह कोषाध्यक्षमा भने तिलक कँडेलको मात्रै उम्मेदवारी परेको छ भने महिला संयोजकमा सुशीला थापा उम्मेदवार रहेकी छिन् । त्यस्तै, युवा संयोजकमा दिनेश भण्डारी र मिलन रेग्मी उम्मेदवार बनेका छन् । सदस्य पदमा पन्ध्र जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक अशोक घिमिरेले जानकारी दिए । 

नेतृत्व चयनका लागि अगष्ट २५ मा निर्वाचन हुने जनाइएको छ । सहमतिको प्रयास विफल भएपछि दुवै पक्ष मुख्य पदमा प्यानलैसहित चुनावी मैदानमा उत्रिएका हुन् । अध्यक्ष पदका लागि पोर्चुगलमा निर्वाचन हुन लागेको पहिलो पटक हो । गत अधिवेशनमा केही पदका लागि निर्वाचन भए पनि अध्यक्ष, आइसीसी र महासचिव सर्वसम्मत चयन गरिएको छ । 

कांग्रेस निकट जनसम्पर्क समिति एक्लै चुनावी मैदानमा छ भने प्रवासी मञ्चले आदिवासी जनजाति महासंघ र संघीय समाजवादी पार्टी निकट नेपाली समाजसँग गठबन्धन बनाएको छ । जनसम्पर्क समिति विरुद्ध गठबन्धन बनेपनि समाजमा गरेको योगदान र बहुसंख्यक सदस्य रहेकाले मतपरिणाम जनसम्पर्क समितिकै पक्षमा आउने समितिका अध्यक्ष विनोद घिमिरेले बताए । निर्वाचन समितिका अनुसार करिव २१ सय मतदाता रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ