arrow

अनौठा विवाह संस्कार : १२० भोल्टको विजुलीको झड्का सहन सकेमात्रै त्यो मर्द

logo
प्रकाशित २०७६ साउन ३२ शनिबार
marrige-current.jpg

काठमाडौ । अमेरिकामा पुरुषलाई मर्द हुनको लागि साह्रै गाह्रो हुने गर्दछ । दक्षिण अमेरिकाको एक जनजातीय परम्पराका अनुसार कुनैपनि केटीले मर्द केटासँग विवाह गर्नको लागि निकै ठूलो यातना दिने गर्दछन् । कुनैपनि महिलाले विवाह भन्दा पहिले पुरुषसँग उननीसँग मर्द रहेको अनौठो प्रमण माग्छन् । यस सबूत दिनको लागि त्यहाँ पुरुषले १२० भोल्टको विजुलीको झड्का सहनु पर्दछ । 

यहाँ पुरुषहरुलाई आफ्नो मर्दपन देखाउनको लागि पहिले पुरुषलाई टन्न मदिरा सेवन गराइन्छ। केही समयपछि उसलाई १२० भोल्टको झट्का लगाइन्छ । त्यो युवकलाई हातमा दुईवटा मेटलको रड दिइन्छ। यदि केटोले यस झट्कालाई झेल्न सक्यो भने उसलाई मर्द मानिन्छ । यस खेलमा फेल हुने केटासँग केटीले बिहे नगर्न पनि सक्छिन् । 

यसैगरी अचम्मको परम्परा दक्षिण कोरियामा समेत निभाउने गरिन्छ । यहाँको नियम अनुसार विवाह गर्ने केटालाई जमिनमा सुताएर उसको पैतालामा डोरीले बाँधेर उसको पैतालामा उखुको डाँठले हान्ने गरिन्छ । उसलाई आफ्नो साथिका साथसाथै सबै नातेदारहरुले समेत पटक पटक पैतालामा हिर्काउने गर्दछन् । साउथ कोरियामा उखुलाई फलाका भन्ने गरिन्छ । 

किर्गिस्तानका मानिसले यो परम्परा मान्ने गरेका छन् कि जसमा हरेक केटाले विवाह भन्दा पहिले आफ्नी हुनेवाली श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्पर्क राख्नु पर्नेछ । जुन केटाले केटीको बलात्कार गर्न सक्छ । उसैलाई केटीको बिहे गरिन्छ । यो परम्परा सदियौंदेखि चल्दै आएको छ । यही प्रथाका कारण यो देशमा बलात्कारको घटनापनि पर्याप्त देख्ने गरिएको छ । 

स्कटल्याण्डमा विहे गर्नुभन्दा पहिले दुलहीलाई धुलो लगाउने जिम्मेवारी पूरा गरिन्छ । यसमा दुलाहा र दुलहीलाई एक रुखमा बाँधिन्छ । उनीहरुमाथि दूध, आटा, चकलेट, अण्डा र यसैगरी अन्य चीज राखिन्छ। यस्तो गर्दा दुलहीलाई नराम्रो शक्तिबाट बचाउन सकिने उनीहरुको विश्वास छ । 

पीपल या केराको रुखबाट तय गरिन्छ गठबन्धन 
हिन्दू समाजमा केटा र केटीको कुण्डली मिलाइन्छ । यसमा समय माङ्गलिक दोषमा अधिक जोड दिइन्छ । हिन्दू ज्योतिषका अनुसार, माङ्गलिक केटा या केटीको गैर माङ्गलिक केटी या केटासँग विवाह गर्नुभन्दा पहिले मांगलिक दोष दूर गराईन्छ । यस मांगलिक दोषलाई दूर गराउनको लागि मांगलिक कुम्भ विवाह गर्नुपर्दछ । यो कुम्भ विवाह भगवान विष्णुको मूर्ति, पीपल या केराको रुखसँग गर्ने गरिन्छ। 

विवाहभन्दा पहिले एक महिना रुनुपर्छ दुलही
चीनको सिचुआन प्रान्तमा एक परम्परा अनौठो रहेको छ । जहाँ विवाह भन्दा पहिले केटी पूरा एक महिनासम्म रुनु पर्दछ । यो पर्वलाई चीनमा जियो टाङ्ग भन्ने गरिन्छ । जस अनुसार केटी विवाह अघि एक महिनासम्म हरेक राती आधा घण्टासम्म रुनु पर्दछ । केटीका साथ साथै पहिलो १० दिन उसकी आमा र पछि १० दिन उसकी हजुरआमासँगै रुने गर्दछन् । अन्तिम १० दिनमा भने परिवारका सबै महिलाहरु लगातार रुनु पर्दछ । 

यसबाहेक मसाई संस्कृतिमा विवाह गर्ने केटीलाई अनेक अपमान र यातना दिने गरिन्छ । विवाह अघी उसलाई एक बुजुर्गको साथमा पठाइन्छ । जहाँ उनलाई घरवाला पक्षकाले उसको स्वागत गरेर उसलाई कुटपीट गर्न थाल्छन् । त्यसपछि उसको शिरमा गोबर लगाएर सबैले त्यसैमाथि थुक्ने गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ