arrow

जनताको अपेक्षा अनुरुप विकाश निर्माणले फड्को मार्छ : मन्त्री आङबो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ साउन ३२ शनिबार
province-1-minister.jpg

पाँचथर। प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपाका नेता इन्द्र बहादुर आङबो मौसमले अव जनताको अपेक्षा अनुरुप विकाश निर्माणले फड्को मार्ने बताएका छन्। पाँचथरको सदरमुकाम फिदिममा आज नेकपा पाटी पाँचथरले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले पहिलो वर्ष संविधान कार्यान्वयन,समृद्धि र विकाशको निम्ति आधार वर्षको रुपमा ब्यतित भएको र दोस्रो वर्ष जनताको अपेक्षा अनुरुप विकाश निर्माणको कामलाई अघि वढाउने बताए।

अव जनताको विचमा यो भएन्,त्यो भएन् भन्ने कुनै छुट पनि छैन्,र त्यो छुट हुँदैन भन्ने कुरा सरकारले बुझेर अव संविधान कार्यान्वयन सँगसँगै जनताको अपेक्षा र चाहाना,निर्वाचनमा ब्यक्त प्रतिवद्धता अव विकाश निर्माणको कामले तिव्रता लिने उनको भनाई छ। प्रदेश नम्बर १ मा ठूला ठूला आयोजनाहरु पनि संचालन हुन लागेको र ती योजनाहरुलाई पनि समयमै सम्पन्न गर्ने गरी प्रदेश सरकार लागि परेको उनले उल्लेख गरे। उनले पाँचथरमा अवको २ वर्ष भित्र सवै गाउँ गाउँमा विधुतीकरण गरेर जिल्लालाई उज्यालो जिल्ला बनाउने बताए।

उनले भने,“यसपाली समयमै बजेट आएको छ, र बजेट प्रणालीमा पनि सुधार भएको छ,त्यसो हुँदा तिनै तहको खर्च अपेक्षाकृत र उत्साहजनक हुने स्थिति पनि तयार भएको छ।”

यस्तै उनले जिल्लाको फालेलुङ गाउँपालिकामा केहि वर्ष अघि पहिरो बाट विस्थापित भएका परिवारलाई एकीकृत वस्ती निर्माण गरेको र अव यस वर्ष याङवरक गाउँपालिकाका पहिरो पिडितलाई पनि उनीहरुले भनेकै स्थानमा गएर एकीकृत वस्ती विकाश प्रदेश सरकारले गरिदिने बताए। यस्तै सोही कार्यक्रमका वीच राप्रपाका नेता सुरेश शाह लगायत आधा दर्जन ब्यक्ति नेकपा पाटीमा प्रवेश गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ