arrow

विकासको लागि मास्टर प्लान बनाइने

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ साउन ३२ शनिबार
chief-minister-rauth-province2.jpg

जनकपुरधाम। प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारद्वारा जानकी मन्दिरमा जारी सौन्दर्यीकरण कार्यको स्थलगत अनुमन गरेका छन्। शनिबार विहानै मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहित जानकी मन्दिर गरेका मुख्यमन्त्री राउतले जारी सौन्दर्यीकरणको कार्य वारे जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र छोटे महन्थ राम रोशन दास संग छलफल गरेका छन।
 
छलफलको क्रममा महन्थ दासले प्रदेश सरकारद्वारा आठ करोडको लगानीमा जारी सौन्दर्यीकरणको कार्य उत्साह जनक रहेको बताए। सोही क्रममा मुख्यमन्त्री राउतले जानकी मन्दिरको थप सौन्दर्यीकरणको लागि विवाह मण्डपलाई रामायणकालिन प्राचिन शैलीमा पुनःनिर्माण तथा जानकी मन्दिर विवाहमण्डप, अरगज्जा सर, तेलहा मरहा सहितको गुरु योजना निर्माण गरि एकद्वार प्रणाली मार्फत सौन्दर्यीकरणको कार्यलाई अघि बढाउने बताए।

यस आर्थिक वर्षमा पनि १० देखी १५ करोड सम्म जानकी मन्दिरको सौन्दर्यीकरणमा प्रदेश सरकार लगानी गर्ने योजना बनाएको मुख्यमन्त्री राउतले बताए।

गुरु योजना निर्माणको लागि आर्टिटेक्ट इन्जिनियर, जानकी मन्दिरको प्रतिनिधि र पुरातत्व विभागको प्रतिनिधि सहितको टोली निर्माण गरिने मुख्यमन्त्री राउतले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ