arrow

अर्को निर्वाचनसम्म प्रधानमन्त्री म नै हुँ : ओली 

संक्रमणकालीन आयोगहरुमा छिट्टै नियुक्ति 

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
pm-olis.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री बन्ने स्पष्ट पारेका छन् । आईतबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ५ वर्षको कार्यकाल लिएर आएको भन्दै आफू आगामी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री पदमा रहने स्पष्ट पारेका हुन् । 

आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने भन्ने नेकपा एकीकरणको समयको सम्झौता विपरित उनले संसदमा यस्तो बताएका हुन् । संसदमा ओलीले भने, ''अर्को निर्वाचनपछि मलाई पनि पदमा बसिरहन मन छैन, साथीहरुलाई अर्को निर्वाचनसम्म धैर्य गर्न आग्रह छ । अहिले प्रधानमन्त्री ओली पद जाने भो भनेर लगलग काँपिरहेका छन् भन्ने सुन्छु, हो पद सबैको जान्छ, पद नगएको मैले संसारमा कोही देख्या छैन, राजा महाराजा र बादशाहहरुको पनि कुनै न कुनै दिन पद गएको छ ।''

त्यस्तै, प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले छिट्टै पूर्णता पाउने बताएका छन्। गत चैत महिनामा कार्यकाल सकिएको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन सम्बन्धि आयोग अहिले नेतृत्वविहीन छ । प्रधानमन्त्री ओलीले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगहरूमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाएको भन्दै समितिले सिफारिस गर्ने वित्तिकै पदाधिकारी नियुक्त गर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ