arrow

लामो समयदेखि राप्रपा जिल्ला अध्यक्ष रहेका शाह कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
Chakra_shah.jpg

बाजुरा । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) जिल्ला कार्यसमिति बाजुराका अध्यक्ष शनिबार एक औपचारिक कार्यक्रमकाबीच नेपाली कांग्रेस बाजुरामा प्रवेश गरेका छन् ।

लामो समयदेखि राप्रपा जिल्ला अध्यक्ष समेत सम्हालेका बुढीगंगा नगरपालिका–४ घर भएका अध्यक्ष चक्रबहादुर शाह नेपाली कांग्रेस प्रवेश गरेको नेपाल विद्यार्थी संघ बाजुराका नेता तपेश रावलले जानकारी दिएका छन् ।

शाहले शनिबार विज्ञप्ती निकाल्दै राप्रपाले देश र जनताको हितका लागि काम गर्न नसक्ने भएकाले नेपाली कांग्रेस प्रवेश गरेको उल्लेख गरेका छन् । 

नेपाली कांग्रेसको पुर्व गाविस उपसभापति भएर काम गरेका शाहले पार्टीमा केही मनमुटावका कारण राप्रपा प्रवेश गरेका भएपनि शनिबार कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बुढीगंगा नगर कार्य समिति संयोजक जयराज उपाध्यायले बताए।

पार्टीमा प्रवेश गर्नु पुर्व शाहले राप्रपाको साधारण सदस्य नरहने गरी नेपाली कांग्रेस प्रवेश गरेको उनको भनाई रहेको छ ।

उनले विज्ञप्तीमा नेपाली कांग्रेस मातृ पाटी भएकाले कांग्रेसलाई सशक्त र देशको इमान्दार पार्टी बनाउने गरी लाग्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जनताको हित र पाटीलाई अघि बढाउने गरी पार्टी प्रवेश गरेको नवप्रवेशी शाहले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ