arrow

भदौ १० देखि नाडा अटो शो, सवारीको विक्रीसँगै सडक सुरक्षाको कक्षासम्म

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
nada-auto-show1.jpg

काठमाडौं । यो वर्षको नाडा अटो शो यही भदौ १० गतेदेखि ६ दिनसम्म हुने भएको छ । नाडा अटो मोबाईल्स नेपालले आईतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै १४ औं संस्करणको नाडा अटो २०१९ को बारेमा जानकारी दिएको हो । 

सर्वाे वल्र्ड लुब्रिकेन्ट्सको प्रायोजनमा हुनलागेको सो प्रदर्शनीमा दुई पाँग्रे र चार पाँग्रे सवारीहरुको स्टल र ब्लकहरु रहने आयोजकले जनाएको छ । यो प्रदर्शनीमा ४ पाँग्रेमा २३ ब्राण्डका गाडीहरुको प्रदर्शनी हुनेछ । अघिल्लो वर्ष १९ ब्राण्डका गाडीहरु प्रदर्शनीमा राखिएको थियो । त्यस्तै, यो वर्ष दुई पाँग्रे सवारीमा १९ वटा ब्राण्डहरु प्रदर्शनीमा रहने भएको छ । अघिल्लो वर्ष यसमा २० ब्राण्डहरु सहभागी थिए । 

यसका बाहेक प्रदर्शनीमा लुब्रिकेन्ट्स, टायर, ब्याट्रि, बैंक र इन्स्योरेन्सहरुको समेत स्टल राखिने भएको छ । जसमध्ये लुब्रिकेन्ट्स सम्बन्धी १२ कम्पनीहरु, टायर सम्बन्धी ६ वटा ब्राण्ड र ब्याट्री सम्बन्धी ५ ब्राण्डहरु रहेका छन् । बैंक र इन्स्योरेन्सहरु १३ वटाले यो प्रदर्शनीमा सहभागिता जनाउने भएका छन् । 

यो वर्ष विद्युतीय र हाईब्रिड गरी ५ वटा कम्पनीहरुले सहभागिता जनाउँदैछन् । यसमा केही नयाँ रहेको र धेरै पुरानो नै रहेको आयोजकले जनाएको छ । कार्यक्रमका सल्लाहकार अध्यक्ष शम्भु प्रसाद दाहालले यो वर्षको प्रदर्शनी अन्य वर्षहरु भन्दा विशाल र भव्य हुने दाबी गरे । भृकुटीमण्डपको प्रदर्शनी स्थलसँगै बँगैचामा समेत यो वर्ष प्रदर्शनीका सामग्रीहरु राख्ने भईएको छ । 

अघिल्लो वर्षको जस्तै यो वर्ष पनि विद्यार्थीहरुको लागि प्रतिव्यक्ति १५० रुपैयाँ र अरुको लागि प्रतिव्यक्ति २०० रुपैयाँ प्रतिव्यक्ति प्रवेश शुल्क लिने गरिएको छ । त्यो भित्र सवारी साधन, लुब्रिकेन्ट्स, बीमा लगायत सबै सुविधाहरु पाउने भएकोले एउटा सवारी किन्न तयार व्यक्तिको लागि यो प्रदर्शनी आफैंमा पूर्ण रहेको आयोजकको दाबी छ । यस पटकको प्रदर्शनीमा सडक सुरक्षाको कक्षाको लागि ट्राफिक प्रहरीहरुको स्टल समेत राखिएको छ । जसमा सुरक्षा सम्बन्धी बृत्तचित्रहरु समेत प्रदर्शन गरिने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ