arrow

'राजा महेन्द्रले चालेको जातीय छुवाछूत उन्मुलन इतिहासकै क्रान्तिकारी कदम'

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
rpp-kamal.JPG

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले राजा महेन्द्रले गरेको जातीय छुवाछूत उन्मुलन आधुनिक इतिहास कै क्रान्तिकारी कदम भएको बताएका छन् । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्वारा काठमाडौंमा आयोजित ५६ औं मुक्ति दिवसको अवसरमा बोल्दै अध्यक्ष थापाले छुवाछूत प्रथाले जरा गाडेर बसेको अवस्थामा राजा महेन्द्रले यस कुप्रथालाई उन्मुलन गर्नु ऐतिहासिक र महत्त्वपूर्ण कार्य भएको बताएका हुन् ।

अध्यक्ष कमल थापाले नेपालका ग्रामीण भेगमा अझै छुवाछूत र जातीय विभेद जस्ता कुप्रथा कायम रहेको र यसैलाई आधार बनाइ विदेशी धर्म र विदेशी संस्कृति लाद्न चाहनेहरुले धर्म परिवर्तन जस्तो जघन्य कर्म गरिरहेकोमा चिन्ता व्यक्त गरेका छन् । त्यस्तै थापाले मुक्ति दिवसलाई केवल एउटा घटना वा राजासित जोडेर नहेर्न सरकारसंग आग्रह गरेका छन् ।

अध्यक्ष थापाले जातीय विभेदको अन्त्य, सबैखाले शोषण र विभेदको अन्त्य हुनुपर्छ भन्ने मान्यतामा लामो संघर्ष गरेका र तिनकै नेतृत्वमा रहेको सरकार र व्यवस्थाले मुक्ति दिवसलाई उपेक्षा गर्नु दु:खद भएको समेत तर्क गरे ।

मुक्ति दिवसलाई सम्मान गर्न नचाहेर परोक्ष रूपमा सरकारले संकृण मानसिकताको प्रदर्शन गरेको बताउदै यो दिवस एउटा घटना मात्र नभएर यसले सबै मानिस बराबर भएको सन्देश दिएको बताए ।

थापाले जातीय छुवाछूतलाई हिन्दु धर्मसित जोडेर हेरिएता पनि कुनै पनि धर्मग्रन्थमा जातीय विभेद नभएको प्रष्ट पर्दै गिता र वेदले जातीय विभेद होइन समानताको बारे चर्चा गरेको जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, शिक्षाविद् डा.विद्यानाथ कोइराला, संगठनका अध्यक्ष श्रवण कुमार नेपाली, उपाध्यक्ष मिना स्वर्णकार, सरला बि.क, रामु नेपाली लगायतले मन्तव्य राखेका थिए । २०१९ भाद्र १ गतेकै दिन राजा महेन्द्रले नयाँ मुलुक ऐन जारी गरि जातीय छुवाछूत उन्मुख गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ