arrow

मलाइकालाई अर्जुनका काका सञ्जय कपूरको व्यंग्य, तस्वीरमा गरे यस्तो कमेन्ट

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
arjun-malika1.jpg

काठमाडौं । भारतीय अभिनेता अर्जुन कपूर र मलाइका अरोडा आफ्नो सम्बन्धको कारण चर्चामा छन् । उनीहरुलाई अहिले अक्सर एकसाथ देखिन्छ । सामाजिक सञ्जालमा पनि दुवैजना निकै सक्रिय छन् ।

यसैबीच मलाइका अरोडाले सामाजिक सञ्जालमा शेयर गरेको फोटोमा अर्जुन कपूरका काका तथा अभिनेता सञ्जय कपूरले एक ठट्यौलो कमेन्ट गरेका छन् ।

उनले सार्वजनिक गरेको तस्वीरको ब्याकग्राउण्डमा नीलो रङ धेरै देखिएको छ । यसमा सञ्जय कपूरले बालीको समुद्रा यति धेरै निलो पनि नरहेको उल्लेख गरेका छन् । यसअघि रक्षाबन्धनमा मलाइकाले सार्वजनिक गरेको तस्वीरमा अर्जुन देखिएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरुको ट्रोल बनाएका थिए ।
 
केही दिनअघि मलाइकाले दिएको एक अन्तर्वार्ताको क्रममा उनले आफ्नो अर्जुन कपूरसँगको सम्बन्धलाई धेरै राम्रो सम्बन्ध रहेको बताएकी थिइन् । यो अन्तर्वार्ताको कारण उनले धेरै चर्चा पनि बटुलेकी थिइन् ।

यससँगै उनीहरुको सम्बन्ध निकै गहिरो बन्दै गएको छ । यसको प्रमाणको रुपमा उनीहरुले सामाजिक सञ्जालमा शेयर गरेको भिडियोलाई लिन सकिन्छ । यस्तै भिडियोमा एक टीभी होस्टले मलाइकासँग गरेको फ्लर्टलाई अर्जुनले सहन सकेनन् । उनले तत्कालै प्रतिक्रिया दिँदै मलाइकाबाट टाढै बस्न चेतावनी दिएका थिए ।

अष्ट्रेलियाको मेलबर्नमा आयोजित एक फिल्म फेस्टिबलको कार्यक्रममा मलाइका र अर्जुन एकसाथ उपस्थित भएका थिए । शो होस्ट गरेका करन टैकरले मलाइकासँग पुगेर २० घण्टाको यात्रापछि पनि राम्री देखिनुको कारण सोधेका थिए । यस्तैमा अर्जुनले पछाडि बस्ने केटीसँग फ्लर्ट गर्न सुझाएका थिए ।
 
विश्वभरका मानिसले अर्जुन आफ्नो प्रेमको विषयमा कति गम्भीर छन् भन्ने कुरा पुष्टि भएको बताएका छन् । अर्जुनले मलाइकाको लागि सलमान खानसँग पनि झगडा गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ