arrow

गाउँपालिका केन्द्र सारिएपछि कांग्रेसले बुझायो पञ्चकन्या गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र

logo
प्रकाशित २०७६ भदौ १ आइतबार
nc-nuwakot.jpg

नुवाकोट। नुवाकोटको पन्चकन्या गाउँपालिकाको केन्द्रको बिवाद पुन बल्झिएको छ । तत्कालीन राज्य पुनःसंरचना आयोगको निर्णय अनुसार साबिक भद्रुटार,कबिलाश र पन्चकन्या गाबिसको संगमस्थलमा गाउँपालिकाको केन्द्र राख्न तत्कालीन सरकारले राजपत्रमा कायम गरेको केन्द्र मोठ्बभञ्ज्याङ् तोकेकोमा स्थानीय निर्वाचन पश्चात् निर्वाचित जनप्रतिनिधिले बहुमतको आडमा अन्यत्र सार्न लागिएको भन्दै नेपाली कांग्रेस नुवाकोटले गाउँपालिका कार्यालय घेराउ गरि नसार्न दबाब दिएको छ ।

गाउँपालिकाको गाउँसभाले केन्द्र सार्ने निर्णय गर्न लागेको भन्दै नेपाली कांग्रेसले गाउँपालिकाका अध्यक्षलाई रमेश तामाङलाई ज्ञापन पत्र बुझाएको छ । निर्वाचन पश्चात् निर्वाचित जनप्रतिनिधिले बहुमतको आधारमा एक पटक निर्णय गर्न पाउने प्रावधान रहेकोमा सो प्राबधानको प्रयोग गरेर गाउँपालिकाको केन्द्र मोठ्भन्ज्याङ बाट लाकुरीभञ्ज्याङ् सारि कार्य संचालन समेत भएको थियो ।

तर हाल आएर गाउँपालिकाको केन्द्र दुबै ठाउँमा नराखि आफु अनुकुल हुनेगरी बहुसंख्यक जनतालाइ अपायक पर्ने गरि घलेभन्ज्याङमा केन्द्र राखी कार्य संचालन गरेको भन्दै नेपाली कांग्रेसले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाएर कानुन अनुसार काम गर्न आग्रह गरेको हो ।

पन्चकन्या गाउँपालिकाको मोठभन्ज्याङमा निर्माण हुने गाउँपालिका केन्द्र सबैलाई पायक पर्ने भए पनि केही नेताको स्वार्थमा केन्द्र सार्न लागिएकाले ज्ञापन पत्र बुझाएको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ। निर्वातिच जनप्रतिनिधिले जनभावनालाई विचार नगरी बहुमतको आधारमा निर्णय लिएको कांग्रेसले बताएको छ।

जनप्रतिनिधिले जनताको भावना विपरीत गाउँपालिकाको केन्द्र सार्न लागेकाले आफूहरुले खबरदारी गरेको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सदस्य तथा गाउँपालिका प्रतिनिधि उपेन्द्र कुइँकेलले बताए। कुइँकेलले,जनताले जिताएर पठाएका जनप्रतिनिधिले जनभावना विपरीत केन्द्र सार्ने प्रयास गर्नु दुखद् भएको बताए । उनले तोकिएको स्थान बाहेक अन्यत्र सारे स्थानीयबासि सहित नेपाली कांग्रेसले आन्दोलनमा जाने चेतावनी दिए ।

ज्ञापनपत्र बुझाउन पन्चकन्या गापा ५ को वडा अध्यक्ष डिल्ली बहादुर थापा, २ को नेपाली कांग्रेस वडा अध्यक्ष प्रत्याशी रामशरण श्रेष्ठ, ३ को नमराज कार्की, १ को महानन्द ढकाल, नेपाली कांग्रेस नुवाकोटका जिल्ला प्रतिनिधि उपेन्द्र कुइँकेल, जिल्ला सदस्यहरु बैकुण्ठ मिश्र, झपर यादव,पुर्व जिल्ला उपसभापति यम बहादुर थापा, महाधिवेशन प्रतिनिधि कृष्ण मिश्र, क्षेत्रीय सचिव मदन ढकाल, रामशरण श्रेष्ठ, माधब प्रसाद खनाल,पुरुषोत्तम  खड्का, गणेश सिटौला ,कन्चन पाठक लगायत नेता तथा कार्यकर्ता गाउँपालिका पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ