arrow

माधव नेपालको वरिष्ठता खस्कियो, झलनाथ खनालले गरे विस्थापित

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
oli-prachanda-madhav-jhalanath.jpg

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा वरियता हेरफेर भएको छ । नयाँ वरियता अनुसार माधवकुमार नेपालभन्दा माथि झलनाथ खनाललाई राख्ने निर्णय भएको छ । 

आइतबार राति सम्पन्न नेकपाको सचिवालय बैठकले नेपाललाई पछाडि धेकेलेर खनाललाई पहिलो नम्बरमा राखिएको हो । 

पार्टी एकताका क्रममा खनाललाई पछि पारेर खनाल वरियतामा अगाडि आएका थिए । अब दुई अध्यक्षपछि खनाल वरिष्ठ नेताको पहिलो वरियतामा र नेपाल दोस्रो वरियतामा रहने छन् । 

नेपालले वरीयतामा असन्तुष्टि जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेको बताइएको छ । उनले आफूलाई वरियताबाट झार्ने हो भने उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई सचिवालयमा लैजान प्रस्ताव गरेका थिए । 

उक्त प्रस्तावलाई सचिवालयले अस्वीकृत गरेको बताइएको छ । उनले वामदेव गौतमलाई विधान परिमार्जित गरेर उपाध्यक्ष बनाउने हो भने ज्ञवाली, शाक्य र रावललाई पनि उपाध्यक्ष बनाइनु पर्ने प्रस्ताव गरेका थिए । 

नेपाल इतर पक्षका नेताहरुले भने पार्टी एकीकरणका बेलामा झलनाथ खनाल उपचारका क्रममा चीन गएको बखत पारेर नेपालले आफूलाई वरिष्ठका लागि लबिङ गरेका थिए । 

खनालले त्यतिबेलै असन्तुष्ट जनाएका थिए । वरिष्ठताको क्रममा तत्कालीन एमालेमा पनि झलनाथ एक नम्बरमै थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ