arrow

धोनीको जम्मू–कश्मीरको सैन्य प्रशिक्षण सकियो, के के गरे ? 

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
dhoni2.jpeg

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले निकै तनाव र सुरक्षा खतरा बढिरहेको अवस्थामा जम्मू–कश्मीरमा तालिम लिएका छन् । 

भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल धोनीले शनिबार प्रादेशिक सेनाको १५ दिनको तालिम सकेर दिल्ली फर्किएका हुन् । 

धोनी जुलाई ३० मा प्रादेशिक सेनाको १०६ टीए बटालियनसंग जोडिएका थिए । 

दुई हप्ते तालिमका क्रममा धोनी कश्मीर घाटीका अलग–अलग क्षेत्रमा खटिएका थिए । 

उनले सैन्य सहकर्मीहरुसंग समय बिताउने क्रममा पेट्रोलिङ पनि गरे । उनी उरी तथा अनन्तनाग पनि गए । 

५ अगष्टमा केन्द्र सरकारले जम्मू–कश्मीरबाट अनुच्छेद ३७० तथा धारा ३५–ए लाई हटाएको थियो । 

त्यसपछि जम्मू–कश्मीर र लद्दाखलाई केन्द्र शासित प्रदेश घोषित गरिएको थियो । त्यतिबेला धोनी तालिममा व्यस्त थिए । 

३८ वर्षीय धोनीले विश्वकप एक दिवसीय क्रिकेटपछि क्रिकेटबाट विश्राम लिएर सैन्य तालिममा गएका हुन् । 

उनी वेष्ट इन्डिज पनि गएनन् । भारतले वेष्ट इन्डिजलाई उसको मैदानमा एक दिवसीयमा २–० को जित निकालेको थियो । 

धोनीले तालिमका समयमा फुर्सद निकालेर लद्दाखको सैन्य अस्पतालमा पुग्नुका साथै बिरामी र कुरुवाहरुसंग पनि कुराकानी गरे । 

उनले समय निकालेर स्थानीय बालबालिकासंग क्रिकेट पनि खेले । उनले सैन्य पोशाकमै रहेर क्रिकेट खेलेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ