arrow

सरकार आफ्नै गलत कार्यहरुका कारण संकट उन्मुख – कांग्रेस नेता बडू

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
badhu.jpg

चितवन । नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले वर्तमान सरकार आफ्नै गलत कार्यहरुका कारण संकट उन्मुख रहेको बताएका छन् । 

उनले नेपाल ट्रेड युनियन कांग्रेस चितवन जिल्ला परिषदलाई सम्बोधन गर्दै यस्तो विचार राखेका हुन् । नेता बडूले भने, ‘वर्तमान सरकार दुई तिहाईको दम्भमा न्यायलयदेखि सबै संयन्त्रलाई नियन्त्रणमा लिई निरंकुशता लाद्न खोजिरहेको छ यो नै संकटको बाटो निम्त्याउनु हो ।’

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले प्रजातन्त्र प्राप्तिमा ट्रेड युनियन कांग्रेसको ठूलो योगदान रहेको बताए । ट्रेड युनियन कांग्रेसकी महिला उपाध्यक्ष ईन्दिरा सापकोटाले अझै पनि श्रमिकहरुले लोकतन्त्रको प्रत्याभूति गर्न नपाएको बताइन् । 

अर्का उपाध्यक्ष ललित श्रेष्ठले जबसम्म अनौपचारिक क्षेत्रका श्रमिकलाई श्रम ऎनमा भएको व्यवस्था लागु हुँदैन तबसम्म समाजमा द्वन्द्व अन्त नहुने बताए । 

ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुवरले ट्रेड युनियन फिल्ड भनेको काम गर्नेहरुको संगठन भएकोले पार्टी तथा भ्रातृ तथा शुभेच्छुक संस्थाहरुमा जस्तो नेतामुखी नभई नीतिमुखी भएर आ–आफ्नो ठाउँबाट निष्ठ र इमानदारपुर्वक श्रमिकका पक्षमा असल कार्य गर्नु पर्ने बताए ।

यसैगरी श्रमिक आन्दोलनको लोकतन्त्र स्थापनामा महत्त्वपूर्ण योगदान रहेको दाबी गर्दै नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व राज्यले लागु नगरेको र ट्रेड युनियन कांग्रेससंग यहि हलमा कांग्रेसले गरेको सम्झौता समेत उल्लंघन गरेको दुखेसो पोखे । 

प्रदेश ३ का सांसद मिलनबाबु श्रेष्ठले ट्रेड युनियन कांग्रेसको श्रमिकको हक अधिकार दिलाउने मात्र नभई लोकतन्त्र स्थापना मै ठूलो लिगेसी रहेको बताए । 

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य लक्ष्मण भट्टराई, प्रदेश ३ का कार्यवाहक अध्यक्ष घनाश्याम चापागाईं लगायतले बोलेका थिए । कार्यक्रम चितवन जिल्ला अध्यक्ष हरिहर सापकोटाको अध्यक्षतामा भएको जिल्ला उपाध्यक्ष पूर्णप्रसाद शर्माले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ