arrow

बार्सिलोनाका कोटिन्हो ऋणमा बायर्न म्युनिख गए

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
messi-coutinho.jpg

एजेन्सी। बार्सिलोना र ब्राजिलका खेलाडी फिलिप कोटिन्हो ऋणमा जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने भएका छन्। सन् २०१९-२०को सत्रका लागि कोटिन्हो बायर्न जान लागेका हुन्।

बायर्नले ८५ लाख युरोज र कोटिन्होको तलब दिने समझदारी भएको छ। यदी बायर्नले किन्न चाहेमा १२ करोड युरोजको बिकल्प पनि रहेको छ।

कोटिन्हो सन् २०१७को जनवरी सत्रमा लिभरपुलबाट बार्सिलोना गएका थिए। उनले बार्सिलोनाबाट ७५ खेल केल्दै २१ गोल र ११ असिस्ट गरेका थिए । उनले बार्सिलोनाबाट २ वटा लालिगा उपाधि, कोपा देल रे र स्पानिस सुपर कप जितेका थिए।

बार्सिलोनाले कोटिन्होलाई आफ्नो क्लबबाट खेलेकोमा धन्यवाद दिंदै उजजवल भविष्यको कामना गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ