arrow

रवि लामिछाने पक्राउ पछिको परिस्थितिमा बोल्यो चितवन कांग्रेस

शान्तिपुर्ण सभा, सम्मेलनको पक्षमा उभियो कांग्रेस

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
chitwan-ravi-lamichhane-sup.jpg

चितवन। न्युज २४का कार्यक्रम संचालक रवी लामिछाने पक्राउको बिषयमा नेपाली कांग्रेस चितवनले जिल्लामा उत्पन्न असहज परिस्थिति प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

टेलिभिजन पत्रकार शालिकरा पुडासैनी चितवनको होटलमा मृत अवस्थामा फेला परे पछि अनुसन्धानका लागि संचारकर्मी रवि लामिछाने लगायत तीन जनालाई प्रहरीले हिरासतमा लिएको हो। रविलाई हिरासतमा लिईएपछि उनको समर्थनमा प्रदर्शन हुने क्रम निरन्तर जारी छ ।

प्रहरी र प्रदशर्नकारी  बिच झडपहरु पनि भैरहेका छन्। उक्त झडपले चितवन जिल्लामा असहज परिस्थिति सृजना भएको छ। उक्त परिस्थितिले जनताका मौलिक हकहरु हनन् हुनु नहुने र विधिको शासन र स्वतन्त्र न्यायपालिकाको सम्मान हुनु पर्नेमा नेपाली कांग्रेस दृढ रहेको कांग्रेस चितवनका अध्यक्ष जितनारायण श्रेष्ठ र सचिव उत्तम जोशीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ।

कांग्रेसले शान्तिपूर्ण रुपमा सभा, सम्मेलन, जुलुस मार्फत आफ्ना जायज मागहरुको पक्षिकरण गर्न पाउने संवैधानिक अधिकारको प्रत्याभुति हुन सकोस भन्दै जनतामा सरकार प्रतिको विश्वास घट्दै गईरहेको यस गंभिर परिस्थितिमा सरकार र सम्वन्धित निकाय सचेत रहनु पर्ने ठहर गरेको छ।

कांग्रेसले घट्नाको गम्भिर अध्ययन र अनुसन्धानका आधारमा सत्यतथ्य छानविन गरी पिडितलाई न्याय तथा निर्दोष नपरुन् र दोषी नछुटुन् भन्ने मान्यता स्थापित गर्न माग गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ