arrow

रवि लामिछाने पक्राउ प्रकरणमा पत्रकारका ६संस्थाको आयो यस्तो धारणा

सामान्य अन्तर्राष्ट्रिय मापदण्डको समेत ख्याल नगरी ४०/५० जनाको संख्यामा प्रहरीको सञ्चारगृहमा प्रवेश

logo
प्रकाशित २०७६ भदौ २ सोमबार
Press-Union-meeting.jpg

काठमाडौं। संचारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेल पक्राउ पछिको परिस्थितिका बारे नेपाल प्रेस युनियनको संयोजनमा पत्रकार/सञ्चार सम्बद्ध ६ संघ/संस्थाहरुको संयुक्त छलफल भएको छ।

टेलिभिजन संचारकर्मी शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि संचारकर्मीद्वय लामिछाने र कँडेललाई पक्राउ गरेको छ।

छलफल पछि पाँच बुँदे प्रेस नोट युनियनले जारि गरेको छ। गत साउन ३१ गते बिहीबार न्यूज २४ टेलिभिजनको कार्यालयमा विना अनुमति प्रहरी प्रवेश गरेर त्यहाँ कार्यरत पत्रकारहरुको क्यामेरा, मोवाइल खोस्ने कामप्रति गम्भीर ध्यानाकर्षण भएको छलफलले निश्कर्ष निकालेको छ । सामान्य अन्तर्राष्ट्रिय मापदण्डको समेत ख्याल नगरी ४०/५० जनाको संख्यामा प्रहरीको सञ्चारगृहमा प्रवेशले धेरै प्रश्नहरु उठाएका छन् । सञ्चारगृहको अनुमतिसम्म माग्ने काम नभएकोमा दुख व्यक्त गर्दै सञ्चारकर्मीद्वय रवी लामिछाने र युवराज कँडेललाई समाचार कक्षबाटै पक्राउ गरेको घटनाप्रति छलफलमा खेद पनि व्यक्त गरिएको छ ।

शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बाहिर सार्वजनिक भएका विभिन्न खाले टिका टिप्पणीले घटनालाई रहस्यमय बनाएको भन्दै घटनाको सत्य/तथ्य छानविन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरिएको छ ।

'उक्त घटना पछि उत्पन्न प्रश्नहरुको जवाफ खोज्न समेत आवश्यक रहेको छ । घटना तथा यस प्रकरणमा जोडिएका सबै पक्षको मिहिन र गहिरो अनुसन्धान गरि भिडियोको वैज्ञानिक पुष्टि (ल्याव परीक्षण रिपोर्ट), मृतक पुडासैनीको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न समेत आग्रह गर्दछौं' प्रेस नोटमा भनिएको छ।

उक्त छलफलमा दीपक आचार्य–वरिष्ठ उपाध्यक्ष- नेपाल प्रेस युनियन, बाला अधिकारी, उपाध्यक्ष- नेपाल प्रेस युनियन, अजयबाबु शिवाकोटी–महासचिव- नेपाल प्रेस युनियन, महेश्वर दाहाल–संयोजक- प्रेस संगठन, दामोदर दवाडी– अध्यक्ष लोकतान्त्रिक छापामाध्याम राष्ट्रिय समिति, प्रकाश डुम्रे– अध्यक्ष-जनपत्रकार संगठन, नेपाल, हिम विष्ट–महासचिव-जनपत्रकार संगठन- नेपाल, नारायण शर्मा–अध्यक्ष- प्रगतिशिल पत्रकार संघ- नेपालको सहभागिता रहेको थियो।

प्रेस नोट                    

पछिल्लो समय मिडियामा देखिएका समस्या सहित गत साउन ३१ गते न्यूज २४ टेलिभिजनको कार्यकक्षमा प्रहरीको प्रवेश, शालिकराम पुडासैनीको मृत्यु प्रकरण, सञ्चारकर्मीद्वय रवी लामिछाने र युवराज कँडेल पक्राउ प्रकरणमा नेपाल प्रेस युनियनको संयोजनमा आज मिति २०७६ भदौ २ गते पत्रकार/सञ्चार सम्बद्ध संघ/संस्थाहरुको संयुक्त छलफल भयो ।

छलफलमा उपस्थित संघसंस्था तथा प्रतिनिधीहरुः

दीपक आचार्य–वरिष्ठ उपाध्यक्ष, नेपाल प्रेस युनियन

बाला अधिकारी, उपाध्यक्ष, नेपाल प्रेस युनियन

अजयबाबु शिवाकोटी–महासचिव, नेपाल प्रेस युनियन

महेश्वर दाहाल–संयोजक, प्रेस संगठन

दामोदर दवाडी– अध्यक्ष लोकतान्त्रिक छापामाध्याम राष्ट्रिय समिति

प्रकाश डुम्रे– अध्यक्ष, जनपत्रकार संगठन, नेपाल

हिम विष्ट–महासचिव, जनपत्रकार संगठन, नेपाल

नारायण शर्मा–अध्यक्ष, प्रगतिशिल पत्रकार संघ, नेपाल

रामप्रसाद दाहाल, सचिव, नेपाल पत्रकार महासंघ

छलफलमा व्यक्त धारणाहरु सारमा:

१. गत साउन ३१ गते बिहीबार न्यूज २४ टेलिभिजनको कार्यालयमा विना अनुमति प्रहरी प्रवेश गरेर त्यहाँ कार्यरत् पत्रकारहरुको क्यामेरा, मोवाइल खोस्ने कामप्रति गम्भीर ध्यानाकर्षण भएको छ । सामान्य अन्तर्राष्ट्रिय मापदण्डको समेत ख्याल नगरी ४०/५० जनाको संख्यामा प्रहरीको सञ्चारगृहमा प्रवेशले धेरै प्रश्नहरु उठाएका छन् । सञ्चारगृहको अनुमतिसम्म माग्ने काम नभएकोमा दुख व्यक्त गर्दै सञ्चारकर्मीद्वय रवी लामिछाने र युवराज कँडेललाई समाचार कक्षबाटै पक्राउ गरेको घटनाप्रति खेद व्यक्त गर्दछौं । लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा पछिल्ला समय अन्य सञ्चारकर्मीको पनि बढ्दो धरपडक तथा पक्राउप्रति पनि सबैको ध्यानकर्षण भएको छ । साथै, सञ्चारमाध्यामप्रति भइरहेका यस्ता घटनाप्रति सरकार तथा सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदछौं ।

२. शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बाहिर सार्वजनिक भएका विभिन्न खाले टिका टिप्पणीले घटनालाई रहस्यमय बनाएको छ । घटनाको सत्य/तथ्य छानविन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गर्दछौं ।

३. घटनापछि सञ्चारकर्मीहरु लामिछाने र कँडेलको पक्राउपछि उठेका विभिन्न प्रश्नको जवाफ खोज्न समेत आवश्यक रहेको छ । घटना तथा यस प्रकरणमा जोडिएका सबै पक्षको मिहिन र गहिरो अनुसन्धान गरि भिडियोको वैज्ञानिक पुष्टि (ल्याव परीक्षण रिपोर्ट), मृतक पुडासैनीको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न समेत आग्रह गर्दछौं ।

४. यो प्रकरणको शिलशिलामा विभिन्न सञ्चारकर्मीहरुमाथि भएको धरपकड र बल प्रयोगप्रति चिन्ता व्यक्त गर्दै घटनाको भत्सर्ना गर्दछौं ।

५. सञ्चारसँग सम्बन्धित विषयहरुमा नियमितरुपमा छलफललाई जारी राख्न सहमति जनाउँछौं।

सहभागीहरूको तर्फबाट

अजयबाबु शिवाकोटी

महासचिव

नेपाल प्रेस युनियन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ