arrow

काश्मिरमा मारिएका पण्डित टिकालाल, आतंकको पहिलो निशाना

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार
Tika-lal-kashmir.jpg

एजेन्सी। काश्मिरका कुरालाई लिएर भारतमा बिभिन्न किसिमका प्रतिकृयाहरु आइरहेका छन्। भारतको संविधानबाट धारा ३७० निलम्बन गरिसकेपछिको परिस्थितिमा बिभीन्न कोणहरुबाट छलफल शुरु भएका छन्।

काश्मिरको जनजिवन सामान्य बनाउनेदेखि चीन र पाकिस्तानलेे सँयुक्त राष्ट्रसँघ सुरक्षा परिषदमा उक्त बिषयलाई प्रवेश गराउनुसम्म। चीन र पाकिस्तान बाहेक अरु सदस्यहरुले सुरक्षा परिषदमा खासै रुची देखाएनन्। भारतले आफ्नो आन्तरिक मामिला हो भन्दै एकोहोरो भनाई राखिरह्यो।

काश्मिरको कुरा गर्दा काश्मिरका एक जुझारु नेता, सामाजिक कार्यकर्ता, अधिवक्तालाई बिर्सिन नसकिने हुन्छ। पण्डित टिकालाल टप्लु, सन् १९८९मा आतंकवादीको गोलीको निशाना भएका पहिलो काश्मिरी पण्डित थिए। उनको हत्या पछि काश्मिरमा आतंकवादी क्रियाकलापले डरलाग्दो रुप लिएको मानिन्छ।

उनको हत्या हुनु अघिसम्म काश्मिरमा आतंकवादको प्रवेश भएको थिएन। शान्ती नै थियो काश्मिरमा। हिन्दु-मुश्लिम मिलेर बसेका थिए। तर उनको हत्या पछि एक प्रकारको आतंक शुरु भयो र हिन्दुहरु पलायन हुन थाले। जहाँबाट काश्मिरको रुप र नामै बदलियो।  

टप्लु प्रखर र स्पष्ट वक्ताका रुपमा काश्मिरमा चिनिन्थे। उनी बिभिन्न बिषयहरुमा निर्भिक र स्पष्ट धारणा राख्ने गर्थे। यस्तै कारणले गर्दा उनी आतंकवादीको निशानामा परे । उनको आफ्नै शहर श्रीनगरमा उनलाई गोलि हानी हत्या गरियो। पुरै श्रीनगरले शोक मनायो। हिन्दुहरुले आफ्नो पसल-ब्यवसाय बन्द गरेर शोक मनाए भने मुश्लिमहरु शान्त रहेर शोक मनाएका थिए। त्यो बेलाको माहोल नै त्यस्तो बनेको थियो।  

उनले हिन्दु-मुश्लिम छुट्टाएर भेदभाव कहिल्यै गरेनन्। उनी अधिवक्ताका रुपमा रहँदा सबैलाई न्याय मिलोस् भनेर लागिरहने ब्यक्तित्व रहेको उनलाई सम्झिनेहरुले बताउने गरेका छन्। उनले आर्थिक पक्षलाई प्राथमिकतामा राखेर कहिल्यै काम गरेनन्।

उनी माथिको आक्रमण र हत्याले काश्मिरी पण्डितहरु त्यहाँबाट पलायन हुन बाध्य पारिएको घट्नाका रुपमा हेर्ने गरिन्छ। उनको खरो बोली र स्वभावले आतंककारीहरुलाई उनलाई सकाउन पाईयो भने अरुलाई आतंकित पार्न सकिन्छ भन्ने थाहा भएर नै उनको हत्या भएको थियो।

त्यसपछि भयो पनि त्यस्तै काश्मिरबाट हिन्दुहरु पलायन हुने लहरै चल्यो वा चलाईयो। धेरैले आफ्नो ज्यान गुमाए, परिवार गुमाए, घर-खेत गुमाए। यसरि एक ब्यक्तिको हत्याले आतंकवादीहरु सफल भएका थिए। आतंकवादीहरुको कुनै जात-धर्म हुँदैन। जता लाग्दा आतंक मच्चाउन पाईन्छ त्यही बन्दिन्छन उनीहरु।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ