arrow

सिंहदरवार भित्रै कर्मचारी बच्चुराम केसी मृत फेला, प्रहरी जुट्यो अनुसन्धानमा

योजना आयोगमा कार्यालय खुल्दा भेटिए कर्मचारी मृत

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार
national-planning-comission-death.jpg

काठमाडौं। सिंहदरवारस्थि राष्ट्रिय योजना आयोगको कार्यालयमा एक कर्मचारी मृत अवस्थामा फेला परेका छन्।

मंगलवार कार्यालय खुल्दा आयोगमै कार्यरत स्टोरकिपर बच्चुराम केसी मृत फेला फेला परेपछि अन्य कर्मचारी आत्तिएका थिए। लगत्तै उनीहरुले प्रहरीलाई खबर गरेका थिए। 

आयोगको आफ्नै कार्यकक्षमा एक तलामाथि उनलाई मृत अवस्थामा फेला पारिएको थियो।

प्रहरीले उनको बिष खाएर निधन भएको अन्मान लगाएकव छ। 

केसी करिव ५० बर्षका थिए। 

सिंहदरवारस्थित प्रहरी टोली र अपराध अनुसन्धानको टोली समेत अनुसन्धानमा आएको छ। प्रहरीले शवकव पोष्टमार्टम गर्न लैजाने तयारी गरेको छ। यसका लागि मुचुल्का समेत उठाइएको छ। 

सिंहदरवारस्थित कर्मचारी शंकास्पद रुपमा मृत अवस्थामा भेटिएपछि कर्मचारीहरुमा डरको मनोविज्ञान देखिएको छ। उनीहरुले मृतकको हत्या भएको हो वा आत्महत्या के हो एकिन गरेर अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

आत्महत्या हो भने पनि कस्को कारणले आत्महत्या भएको हो त्यस बारेमा छानविन हुनुपर्ने माग गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ