arrow

पक्राउ पर्ने डरले फरार भए भारतीय पूर्व अर्थमन्त्री चिदम्वरम

३०५ करोड घुस लिएको आरोप

logo
प्रकाशित २०७६ भदौ ४ बुधबार
chidambaram_ians.jpg

काठमाडौं। ३०५ करोड घुस लिएको आरोपित भारतका पूर्व अर्थमन्त्री पी चिदम्वरम सीबीआई पक्राउबाट बच्न फरार भएका छन्। भ्रष्टाचारको आरोपमा पक्राउ गर्न केन्द्रीय अनुसन्धान व्यूरो सीबीआई उनको निवास पुगे पनि उनी मंगलवार साँझबाटै फरार भएका हुन्। 

आइएनएक्स मिडियामा विदेशी लगानी सम्वन्धी मुद्धामा मुख्य आरोपी रहेका चिदम्वरमलाई पक्राउ गर्न सीबीआई उनको नयाँदिल्लीस्थित निवासमा पुगेको थियो। त्यहाँ उनलाई नभेटेपछि सीबीआईले उनको घरमा नोटीस टासेर हिडेको थियो। सो नोटीसमा उनलाई नोटीस हेरेको २ घण्टाभित्र हहाजिर हुन भनिएको थियो।भारतकै अर्को जाँच निकाय इडीले पनि उनलाई खोजी जारी राखेको छ। 

चिदम्वरमले उच्च अदालतमा दायर गरेको अग्रीम जमानतको निवेदन खारेज भएपछि सीबीआई उनलाई नियन्त्रणमा लिन उनको निवास पुगेको हो। चिदम्वरमले ३ दिनको समय मागे पनि अदालतले दिन इन्कार गर्‍यो। भारतको सर्वोच्च अदालतले पनि उनको निवेदन अग्रीम जमानत दिएन। यद्यपी बुधवार उनको तर्फबाट वकिलहरुले सर्वोच्चमा अग्रीम जमानतको लागि निवेदन दिने भएका छन्। भारतीय मिडियाहरुका अनुसार उनी सर्वोच्चले दिने आदेशका आधारमा बाहिर देखिने अनुमान लगाएका छन्। 
 
चिदम्वरम घरमा नभेटेपछि सीबीआई टोली मंगलवार उनको निवासबाट फर्केको थियो। यद्यपी उनी कुनै पनि बेला नियन्त्रणमा आउन सक्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। 

कतिपय मिडियाले भ्रष्टाचारमाथि मोदी सरकारको कडा कदमको रुपमा चिदम्वरम प्रकरणलाई व्याख्या गरेका छन्। चिदम्वरम कांग्रेस पार्टीका तर्फबाट बनेको सरकारका प्रधानमन्त्री मनमोहन सिंहको पालामा अर्थमन्त्री थिए। 

आइएनएक्स मिडियामा विदेशी लगानी सम्वन्धी मुद्धामा चिदम्वरमले कुनै पनि सहयोग नगरेपछि उनलाई नियन्त्रणमै लिएर अनुसन्धान गर्नुपर्ने सीबीआईले गरेको जिकिरलाई उच्च अदालतले मानेको थियो। 

आइएनएक्स मिडियामा विदेशी लगानीको स्विकृती दिन चिदम्वरमले ३०५ करोड घुस लिएको आरोप सीबीआईको छ। सन् २००७मा उनी अर्थमन्त्री रहँदा घुस लिएर विदेशी लगानी भित्र्याउन भुमिका खेलेको आरोप उनीमाथि छ। यहि मुद्धामा उनका छोरा कार्ती पनि यसअघी पक्राउ परेका थिए। हाल उनी जमानतमा छुटेका छन्। पहिले आरोपित तथा पछि सरकारी साक्षी बनेकी इन्द्राणी मुखर्जीले पनि चिदम्वरमलाई आरोप लगाएपछि उनी सबै तर्फबाट घेरावन्दीमा परेका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ