arrow

मध्यप्रदेशका पूर्वमुख्यमन्त्री बाबुलाल रहेनन्, जसले उमा भारतीलाई धोका दिएका थिए 

logo
प्रकाशित २०७६ भदौ ४ बुधबार
babulal.jpeg

काठमाडौं । भारतको मध्यप्रदेशका पूर्व मुख्यमन्त्री तथा भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता बाबुलाल गौरको निधन भएको छ । 

बुधबार बिहान उनको ८९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको भुपालमा रहेको एक निजी अस्पतालमा निधन भएको हो । 

उनलाई स्वासप्रश्वाससम्बन्धी समस्या थियो । उनका धेरै अंगले काम समेत गर्न छाडेका थिए । 

गौरले सन् २००४ मा उमा भारती मुख्यमन्त्रीबाट हटेपछि कुर्सी सम्हालेका थिए । 

सन् २००३ मा मध्यप्रदेशबाट विधानसभा चुनावमा उमा भारती नेतृत्वको टीम भारी बहुमतले जित्दै भाजपा १० वर्षपछि सत्तामा गएको थियो । 

तर भारती एक वर्षभित्रै कर्नाटकको हुबली शहरको अदालतले वारेन्ट जारी गरेपछि उनले पदबाट हात धोएकी थिइन् । 

१० वर्ष पुरानो काण्डमा मुछिएपछि उमा भारतीले पदबाट हात धुनु परेको थियो । उमाले बाबुलाल गौरलाई सर्त राखेर मुख्यमन्त्री बनाएकी थिइन् । 

त्यो सर्त थियो कि जब उमाले भन्नेछिन् तब उनले राजीनामा दिनेछन् । तर बाबुलाल बेइमान निक्ले । उनले गंगाजल हातमा राखेर कसम दिलाएकी थिइन् । 

उमाले १० वर्ष अघिको मामलामा क्लिन चिट पाइन् । तर बाबुलालले उमालाई दिएको वचन तोडे । राजीनामा दिन मानेनन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ