arrow

केराको फाइबरबाट सेनेटरी प्याड, हुँदैन पर्यावरणमा हानी

प्याडलाई एक सय १२२ पटकसम्म धोएर दुई वर्षसम्म प्रयोग गर्न सकिने

logo
प्रकाशित २०७६ भदौ ४ बुधबार
senetary-pad-fibre.jpg

काठमाडौं । सेनेटरी प्याडले अब पर्यावरणमा हानी नहुने निष्कर्ष निकालिएको छ । भारतको दिल्लीस्थित आईआईटीका विद्यार्थीहरुले केराको फाइबरबाट सेनेटरी प्याड बनाउने उपाय तयार गरेपछि यसले पर्यावरणमा हानी नगर्ने निष्कर्ष निकालिएको हो । 

यो प्याडलाई एक सय १२२ पटकसम्म धोएर दुई वर्षसम्म प्रयोग गर्न सकिने पनि दावी गरिएको छ । 

पटक पटक धुँधासमेत यसमा कुनै किसिमको खरावी नहुने बताइएको छ । यसको मुल्य एक सेनेटेरीको प्याडको एक सय ६० रुपैयाँ (भारतीय सय रुपैयाँ) पर्नेछ । 

आईआईटी दिल्लीका बीटेकका चौथो वर्षका छात्र अर्चित अग्रवाल तथा ह्यारी सहरावतले विभिन्न विभागका प्राध्यापकको अध्यक्षतामा यो सेनेटर प्याड बनाउने सफलता हासिल गरेका हुन् । 

बीटेकका विद्यार्थीहरुले सांफे नामक स्टार्टअप बनाएका छन् । यही स्टार्टअफमार्फत सेनेटरी प्याड तयार भएको हो । 

यो मेसिन तयार गर्न डेढ लाख रुपैयाँ भारु खर्च भएको बताइएको छ । यसको पेनेन्ट राइट पनि लिइएको छ । 

यो प्याड बनाउन पोलिस्टर पाइलिङ, केराको फाइबर तथा कटन पोलियुरेथेन लेमिलेटको प्रयोग गरिन्छ । 

केराको जुन डाँठलाई फ्याँकिन्छ त्यसभित्रको फाइबर निकालेर मेसिनमा सुकाई त्यसलाई तयार गरी त्यसको बाहिरपट्टी पोलिस्टर पाइलिङ (एक प्रकारको कपडा) को प्रयोग गरी चुहावट रोक्न कटन पोलियुरेथेन लेमिनेट (अस्पतालमा प्रयोग हुने केमिकल) को प्रयोग गरी बनाइन्छ । 

यो प्याड पर्यावरण मैत्री भएको दावी गरिएको छ । जबकि अन्य प्याडमा प्लास्टिक र सेन्थेटिकको प्रयोग हुने भएकाले पर्यावरणलाई हानी पुर्याउँदै आएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ