arrow

पाकिस्तानले काश्मिरलाई अँध्यारोमा राखेको ५९ बर्ष

logo
प्रकाशित २०७६ भदौ ४ बुधबार
pakistan-flag.jpg

एजेन्सी। पाकिस्तानले पाकिस्तान नियन्त्रित काश्मिरलाई ५९ बर्षसम्म अँध्यारोमा राखेको कुरा बाहिर आएको छ। गिलगिट-बाल्तिस्तान सहित पाकिस्तान नियन्त्रित काश्मिर बारे सन्धि भएको उनीहरुलाई थाहा दिईएको थिएन। सुन्दा पनि अचम्म लाग्न सक्छ , आफ्नै भुभागमा बसिरहेका नागरिकहरुले आफु बिरुद्धको सन्धि बारे थाहा पाएनन् भन्ने।

सन् १९४९मा पाकिस्तान सरकारका तर्फबाट मुस्ताक गुरमानी, जम्मु काश्मिर मुश्लिम संगठनका चौधरी गुलाम अब्बास र पाकिस्तान नियन्त्रित काश्मिरका संस्थापक सरदार ईब्राहिम खानद्वारा हस्ताक्षरित सहमतिमा पाकिस्तानको नियन्त्रण हुने उल्लेख गरिएको छ। पाकिस्तान नियन्त्रित काश्मिरका संस्थापकको नक्कली हस्ताक्षर रहेको दाबी निर्वासनमा रहेका संयुक्त काश्मिर जनता राष्ट्रिय पार्टीका प्रवक्ता नासिर अजिज खानले गरेका छन्। पाकिस्तान गुप्तचर संस्था आईएसआईको निशानामा रहेका खान स्विजरल्याण्डमा रहेका छन्।

काश्मिरको सबैभन्दा ठुलो भागमा चिनियाँ कम्पनीले सुन खानी लगायत खनिज उत्खनन्को कार्य जारी राखेको छ। पाकिस्तानले उक्त खनिज र सुनबाट प्रशस्त आम्दानी गरिरहेको छ। उक्त क्षेत्रका जनता भने गरिबीको रेखामुनी रहेका छन्। उक्त सन्धिले बालतिस्तानका प्राकृतिक सम्पदाहरु पाकिस्तानको नियन्त्रणमा गएको छ।

उक्त क्षेत्रमा कानुनले गर्दा स्थानीयहरु ठाउँ छाडेर अन्यत्र जान पनि पाउँदैनन्। सन् १९४९मा भएको सन्धिका बारे अहिले आएर पाकिस्तान नियन्त्रित काश्मिर, गिलगिट-बालतिस्तानमा कुराहरु सुनिन थालेका छन्। पाकिस्तान नियन्त्रित काश्मिरका संस्थापकको हस्ताक्षर तत्कालिन पंजाब राज्यका गभर्नरका पिता मुहम्मद दिन तसिरको रहेको खुलासा भएको छ।

चार दशकसम्म कसैलाई पनि आफ्नो भुमी गुमिसकेको जानकारी थिएन। पाकिस्तानले आफुहरुलाई झुक्क्याएर आफ्नो जमिन र सम्पतिमा कब्जा गरेको नशिरको आरोप छ।

सन् १९९० सम्म उक्त सहमति पत्र गोप्य राखिएको थियो। पाकिस्तान नियन्त्रित कश्मिरको उच्च अदालतले सन् १९९०मा सक्त सहमति बारे पत्र बाहिर ल्याएको थियो। पछि , सन् २००८ मा पाकिस्तान नियन्त्रित काश्मिरको संविधानमा उक्त सहमतीका बुँदाहरुलाई जोडिएको हो।

पाकिस्तान नियन्त्रित काश्मिर पुर्ण रुपमा पाकिस्तानको कब्जामा गएको बारे र स्वतन्त्रताका लागि नाशिर खान र शौकत काश्मिरी संयुक्त राष्ट्र संघको सहयोग खोजिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ