arrow

घरेलु कोर्टमै भलिबल खेलेको नेपाल एक खेल नजिती बाहिरियो  

logo
प्रकाशित २०७६ भदौ ४ बुधबार
volleyball.JPG

ललितपुर । घरेलु कोर्टमा पहिलोपटक आयोजना भएको एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपाल बाहिरिएको छ ।     
     
 लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल माल्दिभ्ससँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।     
     
 घरेलु कोर्टमा खराब प्रदर्शन गरेको नेपाललाई माल्दिभ्सले २५–२२, २५–२१ र २५–१४ को सेटमा पराजित गर्यो । यो हारसँगै समूह ‘ए’बाट नेपाल जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

अब नेपालले पाँचौँ स्थानका लागि समूह ‘बी’ को तेस्रो हुने टोलीसँग खेल्नेछ ।     
     
 माल्दिभ्स भने समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सले २ खेलमा २ अङ्क जोड्यो । माल्दिभ्सले अब सेमिफाइनलमा समूह ‘बी’ को विजेता उज्वेकिस्तानसँग खेल्नेछ ।     
     
 यस समूहबाट कीर्गिस्तान २ खेलमा २ जितसहित ४ अङ्क जोडेर समूह विजेताका रुपमा सेमिफाइनल पुगिसकेको छ ।

पहिलो खेलमा कीर्गिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई पनि ३–० कै सोझो सेटमा हराएको थियो ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ