arrow

केसीसीका क्याम्पस प्रमुख कट्टेल भन्छन् –विद्यार्थीलाई ९० देशमा इन्टर्नसिप गर्ने अवसर दिने नेपालमै हामीमात्र हौं

logo
प्रकाशित २०७६ भदौ ५ बिहिबार
raju-kattel.jpg

काठमाडौं । कान्तिपुर सिटी कलेज केसीसीका क्याम्पस प्रमुख राजु कट्टेलले व्यवहारिक र प्रयोगात्मक आइटी शिक्षामा समर्पित भएको बताएका छन् । 

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक र स्नातकोत्तर तहमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको क्याम्पसले आइटी क्षेत्रमा ठूलै सफलता हासिल गरेको दावी गर्दै प्रमुख कट्टेलले व्यवहारिक र प्रयोगात्मक शिक्षा संगसंगै गरिरहेकाले यहाँका विद्यार्थीहरु सफल र सक्षम रहेको बताए । 

क्याम्पसले स्नातकतर्फ आइटीमा बिई कम्प्युटर, बिआइटी र बिसीए कार्यक्रम ल्याएको छ । विज्ञान तथा प्रविधि विभाग अन्तर्गत पढाइ हुने यी शैक्षिक कार्यक्रमको सफलताले नै कान्तिपुर सिटी कलेजलाई उचाईमा पुर्याएको प्रमुख कट्टेलको जिकिर छ । 

उनले यो कलेज आफैमा ब्राण्डेड बनिरहेको भन्दै यो कलेजमा पढ्ने विद्यार्थीले विश्वका ९० ओटा देशमा इन्टर्नसिप गर्ने अवसर दिलाएको बताए । 

उनले भने, ‘नेपालमा यो अवसर दिने हामी मात्रै हौं । रिसर्च ओरियन्टेड कलेजमा हामी फोकस गर्छौं ।’

केसीसीमा बिई कम्प्युटरको ४८, बिआइटीको ४० र बिसिएको ८० सिट रहेको छ ।

केसीसीले स्नातकोत्तर तहमा आमसंचार तथा पत्रकारिता एमएएमसीजे पनि संचालन गरिरहेको छ । नेपालमै निजी क्याम्पसबाट पहिलो पटक केसीसीले एमएएमसीजे थालेको थियो । 

काठमाडौंको पुतलीसडकमा रहेको क्याम्पसमा ९५० विद्यार्थी अध्ययनरत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ