arrow

अक्षय कुमार धेरै कमाई गर्नेमा फोर्ब्सको चौथो स्थानमा, सलमान-शाहरुख कतै अटाएनन्

logo
प्रकाशित २०७६ भदौ ५ बिहिबार
akshya-kumar.jpg

एजेन्सी। भारतीय अभिनेता अक्षय कुमार विश्वमा कमाईगर्ने कलाकारहरुको तालिकामा चौथो स्थानमा आएका छन्। जुलाई महिनाको कमाई निकाल्दै फोर्ब्सले अक्षयलाई चौथो स्थानमा सामेल गरेको छ।

उनले ६ करोड ५० लाख डलर कमाई गरेका छन्। उक्त कमाई जुन १, २०१८ देखि जुन १, २०१९ सम्मको रहेको फोर्ब्सले जनाएको छ।

अक्षयले गत बर्ष एउटा चलचित्रका लागि ३४ करोड देखि ६८ करोड भारतीय रुपिया लिएको पनि बताईएको छ। सन् २०१९मा अधिक पारिश्रमिक लिने सेलिब्रिटीहरुमा अक्षय ३३औं स्थानमा रहेका छन्।

उक्त तालिकामा भने सलमान खान र शाहरुख खान अटाएका छैनन्। शाहरुख खान सन् २०१७ देखी छैनन् भने सलमान खान यो बर्ष परेनन्। दुवैका चलचित्रहरुले खासै कमाई नगरेकाले उक्त तालिकामा पर्न सकेनन्।

उक्त तालिकाको पहिलो स्थान ड्वेन जोनसनले ओगटेका छन्। उनले ८ करोड ९४ लाख डलर कमाई गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ