arrow

मानव निर्मित ७ आश्चर्य मध्येको ग्रेटवाल

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
great.jpg.jpeg

एजेन्सी। बिश्व आश्चर्य नै आश्चर्यले भरिपूर्ण छ। कतै मानव निर्मित आश्चर्य छन् त कतै प्राकृतिक। मानव निर्मित आश्चर्य मध्ये चीनको "द ग्रेट वाल" एउटा चकित तुल्याउने मध्येको एउटा आश्चर्य हो। अन्तरिक्षबाट पनि देखिने भनिएको यो वाल ५ औ शताब्दी ईसापूर्व देखि सोह्रौ शताब्दीसम्म बिभिन्न शाषकहरुले २० देखि ३० लाख मनिसहरुलाई जीवनभर काम लगाएर निर्माण गरिएको बिश्वास गरिन्छ। समय सयममा यसलाई पूर्न निर्माण गरिदै आएको छ।

यसलाई २२०-२०६ ई.पू.मा चीनको प्रथम सम्राट किन शी हुआंगले बनाउन लगाएको प्रमाणहरु पनि छन्। त्यस बेला बनाएको वालको अंशको केही अवशेष मात्रै बचेको थियो। यो मिंग वंश द्धारा बनाएको वर्तमान भित्ताको सुदूर उत्तरमा बनेको थियो। यो पर्खाल बिपक्षीको सेनाहरुलाई घुस्न नदिनको लागि बनाएको अनुमान लगाइन्छ। यो वालको लम्वाईको बारेमा बिभिन्न अनुसन्धानहरुले फरक फरक देखाएका छन्। एक अनुसन्धान यसका शाखाहरु सहित गरेर द ग्रेट वालको लम्वाई ८८५१.८ किलोमिटर रहेको देखिएको छ।

यस वालमा मिंग वंशको सुरक्षाको लागि त्यो समयमा दस लाख भन्दा धेरै मान्छेहरू नियुक्त गरिएका थिए र तिनीहरु वालमा माथि रहेको बाटोबाट चौबिसौ घण्टा पहरा दिन्थे भन्ने पनि कतै कतै लेखेको पाइन्छ। यसको विस्तार पूर्वमा शानहाइगुआनदेखि पश्चिममा लोप नुर सम्म फैलिएको छ। यसलाई युनेस्को द्धारा १९८७ देखि विश्व धरोहरको रुपमा घोषित गरेको छ। माटो र ढुङाबाट बनेको यस्तो ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना जसले हालसम्म पनि संसारका अधिकांश मानिसहरूलाई आकर्षण गरिरहेको छ। यो ग्रेटवाल संसारको सातौ आश्चर्यमध्येको एक हो।

यो वाल अहिले बिश्वभरिबाट चीनमा पर्यटक तान्न एउटा कडि बनेको छ। ग्रेटवालको निर्माण सँगसँगै स-साना राज्यहरू एकीकरण हुन थालेकोले ग्रेटवाल निर्माणले विशाल चीन बनाउन सघाँउ पुगेको कतिपयको बिश्वास रहदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ