arrow

अर्वपति अम्बानीका छोरा छोरी आफै गर्थे कोठा सफा

पत्नी नीता छोरा छोरीलाई यसरी चढाउथिन् रेल

logo
प्रकाशित २०७६ भदौ ५ बिहिबार
mukesh-ambani.jpg

काठमाडौं । भनिन्छ हरेक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ । यो भनाइ मुकेश अम्बानी र नीता अम्बानीमाथि लागु हुन्छ । आज मुकेश अम्बानी भारतका सबैभन्दा धनी उद्योगपति हुनमा त्यसको श्रेय नीता अम्बानीलाई जान्छ । मुकेश र नीता अम्बानीको लभ स्टोरी निकै रोचक छ  । आफ्नो लभ स्टोरीको खुलासा मुकेश र नीताले एक अन्तर्वार्तामा गरेका थिए ।

सो समय नीता २० बर्षकी थिइन् र मुकेश २१ का । मुकेश अम्बानीका बुवा धीरूभाई अम्बानीलाई नीता निकै मन परेको थियो । उनले नीतालाई बुहारी बनाउने सोचेका थिए । धीरूभाईको आग्रहपछि नीता र मुकेशले एक अर्कासँग भेटघाट गरे ।

एक पटक नीता र मुकेश कारमा कतै जादै थिए । सो समय मुकेशले नीतासँग सोधे, 'के तिमी मसँग विवाह गर्छौ ?'  कार रेड सिग्नलमा रोकिएको थियो । मुकेशले भने, 'म यो कार तबसम्म अघि बढाउने छैन जबसम्म तिमी जवाफ दिने छैनौ ।' पछाडिका सबै गाडिहरु हर्न बजाइ रहेका थिए तर मुकेश अम्बानी, नीताको जवाफ पर्खिरहे। नीताले केहि समयपछि मुकेश अम्बानीलाई हुन्छ भनिन् तब मुकेशले कार अघि बढाए ।

त्यसपछि नीताले मुकेशसँग सोधिन्, 'यदि मैले हुन्न भनेकी भए के तिमी मलाई कारबाट उतार्ने थियौ  ।' तब मुकेशले भने , 'अहँ म त्यस्तो गर्ने थिइन । म तिमीलाई घरसम्म छोडेर फर्किने थिए ।' यसपछि मुकेश र नीताको विवाह भयो ।

मुकेश अम्बानी र नीता अम्बानीको विवाह सन्  १९८५ मा भयो । एक अन्तर्वार्तामा नीताले  भनेकि थिइन् , ' म र मुकेश एक मध्यम परिवारमा हुर्कियौ । हाम्रो  संस्कार र संस्कृति पनि एकै थियो । हामीले आफ्नो सन्तानलाई पनि त्यहि सिकायौ । हाम्रा सन्तान मेरो र मुकेशका आमा - बुवाकै अगाडि हुर्किए ।'

'मेरो परिवार सान्ताक्रूजमा बस्नु हुन्थ्यो । बुवा आमाकोमा जानको लागि म आफ्ना सन्तानलाई लिएर चर्चगेटसम्म जान्थे र त्यहाँबाट रेल चड्थे । जब मेरो आमा अहमदाबादबाट आउनुहुन्थ्यो तब म तीनै बच्चाहरुलाई गुजरात मेल ट्रेनबाट त्यहाँ लिए जान्थे । मेरा छोरा छोरीले सार्वजनिक यातायातबाट पनि यात्रा गरेका छन् । मेरो विचारमा आफ्न सन्तानलाई जमीनसँग जोडि राख्नुपर्छ । यहांसम्म कि उनिहरु आफै आफ्नो कोठा सफा गर्ने गर्थे  ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ