arrow

सरकारले ब्रिटिश गोर्खाहरुका बारेमा वास्ता गरेन – सांसद दिव्यमणी राजभण्डारी

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
divyamani-rajbhandari.JPG

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ब्रिटिश गोर्खाहरुको विषयमा प्रश्न उठेको छ । सांसद दिव्यमणि राजभण्डारीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई प्रश्न गर्दै सरकारले किन वास्ता नगरेको हो भनी जवाफ मागेका थिए । 

उनले भनेका छन्, ‘ब्रिटिश सरकारले वर्तमान र भूतपूर्व ब्रिटिश गोर्खाहरुलाई ल्याएको नयाँ प्याकेजमा अस्वीकार गरेपछि हाम्रो अन्तर्राष्ट्रिय समन्वय समितिले नेपाल सरकारलाई तुरुन्त केही कार्य गर्नको निम्ति निर्देशन दिएको थियो ।

त्यसमाथि एउटा हाइलेवलको नेगोसिएसन कार्यदल गठन गर्नको निम्ति निर्देशन दिएको थियो । तर आजसम्म नेपाल सरकारले वास्ता गरेको छैन र आलटाल गरेर टालिरहेको हुनाले यो कार्यदल कहिलेसम्म तयार गर्नुहुन्छ र नेगोसिएनसको निम्ति अगाडि बढाउन सक्नुहुन्छ ?’

जवाफमा मन्त्री ज्ञवालीले आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन् । उनले न्याय, समानता र निष्पक्षताका आधारमा भारत र बेलायतबाट सेवानिवृत्त सैनिकका लागि सेवा सुविधा दिन माग गर्दै यसअघि कमल थापा र डा प्रकाशशरण महत मन्त्री हुँदा पनि पहल भएको स्मरण गराए । 
     
मन्त्री ज्ञवालीले सरकारले बेलायतमा कार्यरत पूर्वगोर्खा सैनिकका समस्या समाधानमा आलटाल नगरी प्रधानमन्त्रीकै तहबाट पनि यस विषयमा पहल भइहरेको बताए ।     


     
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ