arrow

कर्णाली प्रदेशको राजधानीमा श्रीकृष्ण जन्माष्टमीको विशेष सत्संग

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
satsang1.jpg

सुर्खेत । हिन्दुहरुको महान चाड श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशैभरि विभिन्न कार्यक्रमहरु गरि मनाएको छ ।  यसै अवसरमा नेपाल मानव धर्म सेवा समिति कर्णाली प्रदेश सुर्खेतमा बिभिन्न कार्यक्रम गरेर मनाएको छ । जन्माष्टमीको अवसरमा समितिको आश्रम परिसरमा महान संत्संग समारोहको आयोजना गरेको छ ।

 सो कार्यक्रममा समितिका कर्णाली प्रदेश क्षेत्र सुर्खेतका महात्मा निर्मला बाइजीले भगवान श्रीकृष्ण जन्माष्टमी महिमा र सनातन धर्म संस्कृति, अध्यात्म र विज्ञानको बारेमा जोड दिइन् । उनले वर्तमान समयमा सनातन धर्म, आत्मज्ञान नजान्दा समाजमा अशान्ति र मानिसहरु भक्तीको मार्गमा अल्मलिएको औल्याइन्। नेपाल मानव धर्म सेवा समितिले देशै भरि आध्यात्मिक जागरण गर्दै आएको पनि सो कार्यक्रममा जानकारी दिइयो ।

यस्तै वैद्धिक सनातन मानव धर्म–संस्कृतिको जगेर्ना गर्न नसक्दा समाजमा धर्मको नाममा विभिन्न साम्प्रदायिक संगठित वा असंगठित समुह र संस्थाहरुले  भ्रम र अन्यौलता रहेको मानव धर्म सेवा समितिका केन्द्रीय उपाध्यक्ष टेक बहादुर थापाले बताए।  उनले समाजमा शान्ति र सहिष्णुताका लागि मानव धर्मले सद्भावना कार्यक्रम गर्दै आएको बताए। समारोह स्थलमा ठुलो संङख्यामा भक्तजनहरुको उपस्थिति रहेको थियो ।  

नेपाल मानव धर्म सेवा समितिले आध्यात्मिक जागरण आत्मज्ञानको साथै सामाजिक कार्यहरुमा पनि उत्तिकै सक्रिय रहदै आएको छ । आकस्मिक राहत वितरण, देशव्यापी वहृत रक्तदान, दुर्गमका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, सरसफाई तथा वृक्षारोपण जस्तो कार्यक्रम गर्दै आएको छ ।

समितिले श्रीकृष्ण जन्माष्टमीकै अवसरमा शनिवार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा वृहत र्‍याली र रथयात्रा निकाल्दैछ । र्‍याली कार्यक्रम शनिवार बिहान ११ बजे वीरेन्द्रनगर वडा न. १२ समितिको आश्रमबाट सुरु भई वीरेन्द्रनगर बजार परिक्रमा गर्ने आयोजकले जनाएको दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ