arrow

पाँचथरका फिदिम र सिद्धदेवी मावि नमूना विद्यालयमा छनौट

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ भदौ ७ शनिबार
panchthar-district1.png

पाँचथर। पाँचथर जिल्लाका दुईवटा विद्यालय नमुना विद्यालयमा छनौट भएका छन्। छनौट भएका विद्यालयहरुले चाँडै नमूना विद्यालय कार्यान्वयनका लागि प्रक्रिया अघि वढाएका छन्। जिल्लाको सदरमुकाम फिदिममा रहेको फिदिम मावि र फाल्गुनन्द गाउँपालिका स्थित नवमीडाँडामा रहेका सिद्धदेवी माविले आवश्यक मापदण्ड पुरा गरी नमुना छनौटमा परेका हुन्।

आवश्यक मापदण्डका आधारमा नेपाल सरकारले यसवर्ष देशभरका एक सयबाटा विद्यालयलाई नमूना विद्यालय छनौट गर्दा फिदिम मावि फिदिम र सिद्धदेवी मावि नवमीडाँडा पनि नमूना विद्यालयमा छनौट भएका हुन्।

अव चाँडै विद्यालय ब्यवस्थापन समिति अध्यक्ष र प्रअलाई प्रशिक्षण दिने फिदिम मा.वि.का प्रअ विनोद ठाकुरले बताए। २००६ सालमा स्थापना भएको फिदिम मावि २०२० सालमा मावि (कक्षा १०) बनेको थियो।

त्यस्तै २००६ सालमा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको सिद्धदेवी माध्यमिक विद्यालय २०१३ सालमा निम्न माध्यमिक विद्यालय बनेको जानकारहरु बताउँछन्।

यसैगरी २०३९ सालदेखि मावि कक्षा १० सम्म सञ्चालन हुँदै आएर हाल कक्षा १२ सम्म पढाइ हुँदै आएको विद्यालय यसवर्ष नमूना विद्यालय बन्न सफल भएको हो।

नमूना विद्यालय निर्देशिकामा २०७५ अनुसार विद्यालयको विगत ३ वर्षको एसइइ परीक्षाको नतिजा, विद्यालयमा रहेको शिक्षक कर्मचारीको दरबन्दी, भौतिक अवस्था, विद्यालयसँग जोडिएको जग्गा, विद्यालयमा विद्युत र नेटको सुविधा लगायतका नमूना विद्यालयका आवश्यक मापदण्डहरु पुरा गर्नुर्ने मापदण्ड छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ