arrow

विश्वका दश खतरनाक हतियारहरु

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
xm307-3.jpg.jpeg

एजेन्सी। हतियारको कुरा गर्ने हो भने सन् १०००मा चाइना एशियाको एक मात्र यस्तो देश थियो जो सँग त्यस समयका आधुनिक प्रविधिको बन्दुकहरु थिए। नयाँ नयाँ प्राविधिक युक्त हतियारहरुको युगमा संसारमा यस्ता धेरै अत्याधुनिक प्रविधिका बन्दुकहरु तथा त्यससँग जोडिएका उपकरणहरु आकर्षक डिजाइनमा हेर्न पाइन्छ।

जसमा मशीन गन, मिलिट्री गन, ट्याक गन, ट्रेनिन्ग र इन्टरटेनमेन्ट गन, फिक्शनल गन आदि पर्दछन।हामी तपाईलाई १० यस्ता बन्दुकहरुको नाम बताउदछौ जुन खतरनाक प्रयोगका कारण विश्वबचारमा चर्चित छन्। आजको समयमा यि बन्दुकहरु हेर्दा जति रोमान्चक छन् त्यति नै खतरनाक पनि छन्।

नम्बर: १० हेक्लर एण्ड कोच एचके एमजी४३मशीन गन: यो एउटा लाइट मशीन गन हो जसको क्यालिबर ५.५६ एमएम हुन्छ। यो मशीन गनलाई जर्मन कम्पनी हेक्लर एण्ड कोचले डिजाइन गरेका थिए। यस गनले एक हजार एम सम्म दुरीमा रहेको दुश्मनको छाती छेड्न सक्छ।

नम्बर: ९ हेक्लर एण्ड कोच एचके४१६: जर्मन कम्पनी हेक्लर एण्ड कोचद्वारा डिजाइन गरिएको यस राइफलको रेन्ज ६०० एम हो जसको क्यालिबर ५.५६ एमएम हुन्छ।

नम्बर: ८ एकुरेसी इन्टरनेशनल ५० स्निपर राइफल: ब्रिटिश कम्पनीद्वारा निर्मित यस राइफल एण्टी म्याटेरियल हो जसको तौर १४ किलो हुन्छ। यसको रेन्ज 1800एम हुन्छ भने क्यालिबर १२.७ एमएम रहेको हुन्छ।

नम्बर: ७ एफ२००० एसाल्ट राइफल: एफ२००० एसाल्ट राइफल विश्वको सबैभन्दा खतरनाक राइफल हो जुन पुरै सोचालीत हुन्छ। बेल्जियम कम्पनी एफएन हर्स्टलद्वारा विकास गरेको यस राइफलले एक मिनेटमा ८५० राउण्‍ड गोली फायर गर्न सक्ने क्षमता हुन्छ। यसले ५०० एम सम्मको दुरीका शिकार ढाल्न सक्छ।जवकी यसको क्यालिबर ५.५६ रहेको हुन्छ।

नम्बर: ६ एमजी३ मशीन गन: यस घातक मशीन गनलाई जर्मन कम्पनीले बनाएको हो।१२०० एम रेन्ज भएको यस मशीन गनले एक मिनटमा एक हजार देखि एक हजार ३ सय राउण्ड गोली फायर गर्न सक्छ। यसको क्यालिवर ७.६२ एमएम रहेको हुन्छ।

नम्बर: ५ एक्सएम३०७ मशीन गन: यस अत्याधुनिक ग्रेनेड मशीन गनलाई यूएस आर्मीद्वारा डिजाइन गरिएको हो। यसको तौल यति हल्का हुन्छ कि केवल दुई व्यक्तिद्वारा अपरेट गर्न सकिन्छ। यसको रेन्ज २००० एम हो, जबकी यस मशीन गनले एक मिनेटमा २६० राउण्ड गोली फाएर गर्न सक्छ।

नम्बर: ४ कलाश्निकोव एके ४७ राइफल: मिखाइल कलाश्निकोवद्वारा डिजाइन गरिएको यस राइफल सलेक्टिव फायर गरि अपरेटेड गर्न सकिन्छ। यस राइफललाई १९४६मा मिलिट्री ट्रायलमा प्रदर्शित गरेको थियो।

नम्बर: ३ यूजी सबमशीन गन: १९४०मा यूजील गालद्वारा तयार गरेको यस गन पहिलो चोटी १९५४ मा सेनाको प्रयोगमा ल्याइएको थियो।यो एक प्रकारको पर्सनल डिफेन्स हतियार पनि मानिन्छ।

नम्बर: २ थम्पसन एम१९२१ सबमशीन गन: जन टी थम्पसनद्वारा निर्मित यस सबमशीन गन १९१९ मा सेनाकोलागि प्रयोगमा ल्याइएको थियो।

नम्बर: १ डीएसआर ५० स्निपर राइफल: डीएसआर५० स्निपर राइफल विश्वको एक खतरनाक राइफल हो। यस राइफलको निर्माण जर्मन कम्पनीले गरेको हो।यसको क्यालिबर ०.५० रहेको हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ