arrow

जाली नोट कारोबारमा संलग्न दुई पक्राउ

logo
श्याम खतिवडा,
प्रकाशित २०७२ चैत १८ बिहिबार
note.jpg.jpeg
दोलखा। जाली नोटको कारोबार गर्ने दुई युवालाई दोलखा प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ। दोलखाको च्यामा  स्थाई घर भएका पुर्ण बहादुर विक र रौतहट डुमरिया १ का लोकेन्द्र चौधरी लाइ एक हजार दरका २ लाख ८३ हजार नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो। केहि समय अघिदेखी रौतहटको चपुरमा ब्यवसायिक रुपमा मेसिनबाट नक्कली नोट छाप्ने काममा संलग्न रहेका विक र चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
 
विश्वकर्मा आफ्नै गाउँमा नक्कली नोटको कारोबार फैलाउन १ हजार दरका १ लाख रुपैँया रकम लिएर दोलखा आउदै गर्दा पक्राउ परेका हुन् । उनलाई पक्राउ गरैपछि लोकेन्द्र पक्राउ परेका हुन् । दुवैले चन्द्रनिगाहापुरबाट रकम ल्याएर राजधानीमा कारोबार फैलाउने काममा संलग्न थिए ।  
 
पुर्ण बहादुर र लोकेन्द्रका साथबाट छुट्टा छुट्टै १ लाख र १ लाख ८३ हजार रुपैँया नक्कली नोट बरामद गरिएको पत्रकार सम्मेलन गरी दोलखाका प्रहरी प्रमुख डिएसपी बेल बहादुर पाण्डेले जानकारी दिनुभयो । प्रहरी प्रमुख पाण्डेका अनुसार रौतहटको चपुरमा ब्यवसायीक रुपमा नक्कली नोट छाप्ने काम गर्ने मुख्य नाईके ओसिमिया अन्सारी समेत रौतहट प्रहरीले पक्राउ गरी मुद्दा चलाईरहेको छ । पक्राउ परेका अभियुक्तहरुलाई खोटा चलनको मुद्दा चलाईने जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ।
 
पक्राउ परेकाहरुलाई मुलुकी ऐन २०२० को खोटाचलन अन्तर्गत मुद्धा चलाईने डिएसपी पाण्डेले जानकारी दिनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ