arrow

महानगरमा भुस्याहा कुकुरको चुनौती

logo
गोपालप्रसाद पोखरेल
प्रकाशित २०७६ भदौ ७ शनिबार
street-dog.jpg

पथरी। विराटनगर–४ का महेश कार्की कुकुरसँग औधी डरलाग्ने बताउछन्। “हाम्रो टोलमा यति कुकुर छन् कि बिहान र रातिमा हिँड्नै मुस्किल हुन्छ।” उनले भने, “बिहान छ्याङ्ग उज्यालो भएपछि मात्र हिँड्छु, राति त घरबाटै निस्कदिन”, उहाँ त एउटा प्रतिनिधिपात्र मात्र हुन्। उनीजस्ता धेरै विराटनगरवासी भुस्याहा कुकुरको डरले घरदेखि बाहिर निस्कदैनन्। रातको समयमा विराटनगरका सडकमा कुकुरका कारण पैदल हिँड्नै कठिन हुने गरेको बताउँछन् सञ्चारकर्मी यज्ञ अधिकारी। राति पत्रिकाको काम सकेर घर फर्कंदा खल्तीमा ढुङ्गा बोकेर हिँड्ने गरेको अनुभव छ उनीसँग। आजकल उनी मोटरसाइकल प्रयोग गर्छन्।

विराटनगर–८ निवासी अर्का स्थानीय पदम सरदारको टोलमा पनि कुकुरको बिगबिगी उस्तै छ। “बाइक पछिपछि लखेटेर लडाउँला जत्तिकै पार्छन्”, उनले भने, “विचरा कुकुरसँग धेरै डराउने कोही कोही त रोकेर विस्तारै डोर्‍याउँदै जान्छन्।” स्थानीय रमेश श्रेष्ठले पाँच वर्षकी छोरीलाई विराटनगर बजार लिएर निस्किए। सडकको छेउमा भाले कुकुर र पोथी कुकुरले यौन सम्पर्क गरेको दृश्य देखियो। उनी साइड लागेर हिँडे् । त्यतिमात्र होइन भुस्याहा कुकुरहरु छाउरी कुकुर देख्ने बित्तिकै लाइन लागेर खेदाइरहेको बजारमा देख्न पाइन्छ।
 
भुस्याहा कुकुरको बिगबिगी बढेपछि विराटनगरवासीले हैरानी खेप्नुपरेको छ। दिउँसै यौन सम्पर्क गरेरबीच बाटोमा उर्भिहने दृष्यले परिवारका सदस्यको पदैल यात्रासमेत लाजमर्दाे बन्ने गरेको विराटनगर–७ का रमेश कोइरालाको भनाइ छ।

राति काम परेको खण्डमा घर बाहिर निस्कनसमेत मुस्किल हुने गरेको विराटनगरका शर्मिला गौतमको भनाइ छ। साँझमा केटाकेटीलाई घर बाहिर निस्कँदा टोकी देला भन्ने त्यतिकै डर हुने उनले गुनासो गरे। महानगरमा कुकुर जतासुकै झगडा गरिरहेको, बिरामी र घाइते देखिन्छन्। कुकुरको वृद्धि नियन्त्रणमा महानगरले ध्यान नदिँदा जतासुकै कुकुरै कुकुर भएका छन्। साँझ परेपछि त झन सडकमा हिँड्नै मुस्किल हुने गरेको यात्री गुनासो गर्छन्।

कुकुरको सङ्ख्या अत्यधिक भएपछि विराटनगरमा सवारी दुर्घटनाको सम्भावना बढाएको छ।  विराटनगर पोखरीयाका सिटी रिक्सा चालक आमोद कुर्मी कुदीरहेको बेला खुट्टामै झम्टने गरेको बताउछन्। 

विराटनगर महानगरपालिकाका भेटेनरी शाखा प्रमुख हीरालाल यादवले कुकुर बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको बताए। उनले भने, “बन्ध्याकरणको कार्यक्रम प्रत्येक वर्ष चल्छ। कुकुरकै कारणले सवारी दुर्घटना बढ्यो भन्न नमिल्ने मोरङ ट्राफिक प्रमुख शिव पोखरेल बताउछन्। विराटनगरमा कुकुरको सख्या निक्कै भए पनि सडकमा सवारी चाप भएको समयमा कुकुरहरु ननिस्कने उनको भनाइ छ।                                                            
कुकुर बन्ध्याकरण प्रभावकारी नहुँदा समस्या ?
महानगरपालिकाको पशुपक्षी शाखाले सञ्चालन गर्ने बन्ध्याकरण प्रभावकारी नभएपछि कुकुर आतङ्क बढेको स्थानीय चन्दु धाडेवा बताउँछन। २२ दशमलव ६ वर्गमिटर क्षेत्रफल रहेको महानगरमा २५ हजार कुकुर बस्ने गरेको तथ्याङ्क महानगरपालिकाका शाखा प्रमुख हीरालाल यादवले बताए।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली भन्छन, अझै प्रभावकारी तरिकाले काम गर्छौं। यसअघि कुकुरको नियन्त्रण हत्या गरेर गरिन्थ्यो। कुकुरको हत्या कानूनले बन्देज लगाएको छ। विसं २०७० मा कुकुर हत्या गर्न नपाइने भन्दै जिल्ला पशुसेवा कार्यलय मोरङले परिपत्र गरेको प्रमुख यादवको भनाइ छ।

दु्रत गतिमा विकास भइरहेको विराटनगर महानगरको सुन्दरतालाई बढ्दो भुस्याहा कुकुरले चुनौती दिएको छ। सडक निर्माणले मात्र नगर सुन्दर हुँदैन यस्ता छाडा कुकुर र  चौपाया पनि नियन्त्रण हुन उत्तिकै आवश्यक रहेको विराटनगरवासीको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ