arrow

युवा व्यवसायी भिमसेन थापा एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्षको बलियो उमेद्वार

logo
प्रकाशित २०७६ भदौ ७ शनिबार
bhimsen-thapa.jpg

पोर्चुगल। पोर्चुगलका युवा व्यवसायी भिमसेन थापाले गैह्र आवासीय नेपाली संघ पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा बलियो उमेद्वारको रुपमा अगाडी आएका छन्।

अघिल्लो वर्षको चुनाबी माहौल भन्दा यस वर्ष चुनाबी मैदानमा अधिकांश युबा उमेदवारहरु नेतृत्वका लागी अग्रसर देखिएका छन् । पोर्तुगलको लिस्वनमा कुशल ब्यवसायीको रुपमा आफ्नो छवी वनाईसकेका युवा व्यवसायी भिमसेन थापा(रोशन) ले वरिष्ठ  उपाध्यक्षमा आफनो उम्मेद्वारी दर्ता गराएका हुन्।

बिगतमा कार्यसमिती सदस्यको भुमिका कुशलताका साथ निर्बाह गरेका थापा लिस्बनमा युबाहरुमाझ निकै लोकप्रिय रहेका छन्। विगतमा समितिमा रहेर उनले विभिन्न जिम्मेवारी सफलताका साथ सम्पन्न गरेकोले पनि अधिकांश युवाहरुको रोजाईमा पहिलो नम्वरमा थापा छन् ।

वरिष्ठ उपाध्यक्षको पदमा आफ्नो उम्मेदवारी दावी गर्दे उनले आगामी कार्यकालमा आफुले संस्थामा रही केहि उदाहरणीय काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आप्रवासी नेपालीहरुको हरेक मुद्दालाई संघ मार्फत समाधान गरी सम्वोधन गर्ने प्रतिवद्धता समेत जनाएका छन् । उनले बिगतदेखिनै हरेक नेपालीहरुमा आईपर्ने समस्या समाधान गर्न आफु लागिपरेको र आगामी दिनमा समेत तथ उर्जाका साथ लाग्ने प्रण गरेका छन् ।

थापाले मतपत्रमा भिमसेन थापा नाम रहेका रोशन थापा भनी चिन्ने सम्पुर्णलाई नाममा नझुक्किन आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ