arrow

इमेज च्यानलका पत्रकार दीपक श्रेष्ठ सम्मानित

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
deepak-shrestha.jpg

काठमाडौं । लायन्स क्लव अफ काठमाडौं क्रियटिभ ग्रुपको आयोजनामा इन्टेरनेसनलको इन्डक्सन र इन्स्टलेसन कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।  

गर्भनर अनुराधा कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विश्वकै ठूलो सामाजिक संस्था लायन्स क्लवका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै कोइरालाले लायन्स क्लव समाजका लागि निकै राम्रो भएको बताइन् । उनले महिला र बालबालिकाको समस्या अहिले प्रमुख भएकाले पहिला यसको समाधान भए अन्य समस्याहरु समाधान आफै हुँदै जाने जिकिर गरिन् । 

कोइरालाले रजस्वलाको पितृसतात्मक सोचको खण्डन गर्दै त्यस विरुद्ध आवाज उठाउने बताइन् । कार्यक्रममा लायन गनिका गुरुङ्गले लायन्स क्लब काठमाण्डौ कृयटिभ युथ का नव अध्यक्ष अनिल बुर्जा मगरलाई पद हस्तान्तरण गर्दै स्वागत गरिन् । 

कार्यक्रममा समाजमा टेवा पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेहरुमा  पत्रकारिता क्षेत्रबाट इमेज च्यानल टेलिभिजनका पत्रकार दीपक श्रेष्ठ, मगर्स क्रिएसन प्रा लि तथा टेलिभिजनका सिइओ आर्शिवाद पुन मगरलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा सम्मानित भएपछि बोल्दै गायक आनन्द कार्कीले लायन्स क्लवले समाजका लागी राम्रो काम गर्दै आइरहेको बताए ।

कार्यक्रममा इन्सटलीङ अफिसर लायन्सका इन्द्र खत्रीले क्लवमा विभिन्न क्षेत्रबाट प्रवेश गरेका नयाँ सदस्यहरुलाई  स्वागत एवम सपथ ग्रहण गराइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ