arrow

बुद्धिमान मानिसहरु एक्लै समय बिताउन रुचाउँछन!

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
lonely-bird.jpg

एजेन्सी। तपाई धेरै सामाजिक हुनुहुन्न? धेरै समय आफैसँग बिताउन चाहानु हुन्छ ? यस्तो हो भने चिन्ता नगर्नुस्। तपाई बुद्धिमान हुनहुन्छ । बुद्धिमान मान्छेहरु एक्लै बस्न रुचाउने एक अध्य्यनले देखाएको छ।

विश्व आर्थिक मन्चले गरेको एक सर्वेक्षणको नतिजाले भन्छ बुद्धिमान मान्छेहरु एक्लै बस्न रुचाउँछन्। एक्लै बस्न रुचाउने तपाईको बानी रहेकोछ भने खुशी हुनुस्। तपाई बुद्धिमान हुनुहुन्छ ।

१८ देखि २८ बर्षका १५ हजार भन्दा बढि मानिसहरुसँग गरेको सर्वेक्षणको नतिजामा बुद्धिमान मान्छेहरु धेरै सामाजिक नहुने देखाएको छ।

उनीहरुलाई केही प्रश्नहरु गरिएको थियो। तपाईहरु कहाँ बस्नु हुन्छ ?, जिवनदेखि कति सन्तुष्ट हुनुहुन्छ? कति बाक्लो बस्तिमा बस्नुहुन्छ ? र सामाजिक सम्बन्धहरुले कति खुशी दिईरहेको छ?

यी प्रश्नहरुको उत्तरमा धेरै मानिसहरुलाई भिडभाड मन पर्दैन। बुद्धिमान मानिसहरुलाई धेरै ठुलो समुहमा नकरात्मक असर महशुस हुन्छ ।

बुद्धिमान मान्छेहरु आफ्नो काम प्रति एकोहोरो हुने हुनाले उनीहरुलाई आफ्नो कामको सफलताले बढि खूशी दिन्छ । उनीहरु आफ्नो काम एकान्तमा वा आफै मात्र गर्न रुचाउँछन्।  

बुद्धिमान मान्छेहरु बिशेषगरि अन्तर्मुखी स्वभावको हुने हुनाले पनि उनीहरुलाई एकान्तमा ताजगी महशुस हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ