arrow

तीन ओभरमा सर डोनाल्ड ब्राडम्यानले बनाएको त्यो शतक

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
Donald-bradman.jpg

एजेन्सी। सर डन ब्राडम्यान, नाम सुन्ने बित्तिक्कै क्रिकेटका महान ब्याट्सम्यान भनेर तस्विर दिमागमा आउँछ । २७ अगस्त १९०८मा जन्मेका ब्राडम्यानको नाममा टेष्ट क्रिकेटमा ९९.९४को औषत रहेको रेकड छ। उनको नजिक पनि कुनै ब्यट्सम्यान पुग्न सकेका छैनन्। आज उनको १ सय ११औं जन्मदिन हो।

उनको नाममा अर्को पनि रेकड छ जुन धेरैलाई थाहा छैन। उनले तीन ओभरमा शतक बनाएका छन् सन् १९३०को दशकमा। यो कुरा सुन्दा पनि अचम्म लाग्छ । त्यो बेला यस्तो बिष्फोटक ब्याटिङ , जुनबेला एकदिवसीय क्रिकेट पनि थिएन।

सन् १९३१मा ब्राडम्यानले ब्ल्याकहिथबाट खेल्दै तीन ओभरमा शतक बनाएका थिए। उनले उक्त शतक बानउन १८ मिनेट लगाएका थिए। अचम्म नपर्नुस् कसरि १८ बलमा शतक बनाए होलान भनेर । उक्त समयमा ८ बलको एक ओभर हुने गरेको थियो।

उनले लिथगो बिरुद्ध खेल्दै २२ बलमा शतक बनाएका थिए। उनले पहिलो ओभरमा ३३ रन, दोस्रो ओभरमा ४० र तेस्रो ओभरमा २७ रन बनाएका थिए। पहिलो ओभरमा (६,६,४,२,४,४,६,१ ) उनले ३ छक्का र तीन चौका प्रहार गरेका थिए। दोस्रो ओभरमा (६,४,४,६,६,४,६,४) चार छक्का र चार चौका प्रहार गरेका थिए। तेस्रो ओभरमा (१,६,६,१,१,४,४,६) रन बनेको थियो। उनले उक्त पारीमा २ सय ५६ रन बनाएका थिए।

टेष्ट क्रिकेट

उनले अष्ट्रेलियाका लागि ५२ टेष्ट खेल्दै ८० पारीमा ९९.९४को औषतले ६९९६ रन बनाएका थिए। उनले २९ शतक र १३ अर्धशतक बनाएका थिए। उनको नाममा १२ वटा दोहोरो शतकको रेकड रहेको छ। त्यसैगरि २ वटा तेहेरो शतक पनि बनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ