arrow

प्याराग्लाइडिङको शोकले विपिनलाई रुवायो, यो हास्यास्पद भिडियोले सोशल मीडिया हल्लायो

logo
प्रकाशित २०७६ भदौ ११ बुधबार
paragliding.JPG

काठमाडौं । एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तपाईंले यो भिडियो हेर्नुभएको पनि होला, तर के तपाईंलाई थाहा छ भिडियो भाईरल हुनुको कारण के हो?  यसको सरल उत्तर छ यसको पछाडि 'कमेन्ट्री' हो।

सरासर हेर्ने हो भने भिडियोमा कुनै अर्थ छैन, तर हाँसो भने छुठ्न सक्छ । यो भिडियो हेरेपछि, एउटा कुरा याद राखिएको हुनुपर्दछ कि कहिलेकाँही रमाईलो अनुभवहरूले मानिसलाई पिडा पनि दिनसक्छ ।

युपीका घर भएका विपिन साहु पहिलोपटक प्याराग्लाइडिङको अनुभव लिन मनाली उपत्यकामा पुगेका थिए । उनलाई आकाशबाट पृथ्वीको दृश्य हेर्नु थियो  तर जब उनि आकाशमा पुगे, उनको अवस्था बिग्रियो र कुहिनको बीचमा उडानको दौरान, उनले दिउसै ताराहरू देख्न थाले।

वास्तवमा, साहुलाई स्वसप्रस्वास सम्बन्धि समस्या थियो। उनिसँगै एक पाइलट पनि थिए, तर धेरै उचाइ देखेर विपिनको साहस पनि टुट्यो । उनले प्याराग्लाइडिंगङ पाइलटलाई  जमीनमा उतार्न बरम्बार आग्रह गरे।

तर यी सबै चीजहरूलाई पाइलटले बेवास्ता गरिरहे। उनले पाइलटलाई पैसा दिने पनि बताए तर पाइलटले ६ मिनेट जति उनलाई आकाशमै उडाएरपछि उनलाई जमिनमा उतारे । जमिनमा उत्रिएपछि पनि उनि भुइमा लडिरहे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ