arrow

राष्ट्रिय परिचयपत्र विधेयकबारे संसदमा दिव्यमणी राजभण्डारीको घतलाग्दो उठान [भिडियोसहित]

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
divyamani-rajbhandari1.JPG

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ प्रतिनिधिसभाबाट पारित भएको छ । गत मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको थियो ।

यो विधेयकमाथि प्रतिपक्षीमात्र होइन सत्तारुढ दलका सांसदहरुको पनि विरोध रहेको थियो । सत्तारुढ दलका सांसदहरुले विधेयक पारित हुनुअघिको छलफलमा सहभागीता जनाउँदै विधेयक नआउँदै परिचयपत्र बाँड्ने काम भएको भन्दै सरकारको कार्यशैलीले संसदको अपमान गरेको भन्दै आक्रोश पोखेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले समेत गहन विचार राखेका थिए । 

उनले संशोधन राखे पनि कसैले सुनुवाइ गरेनन् । त्यसपछि भनेका छन् –परिचय परिचयपत्र बनाउँदा जन्ममिति राख्दा विक्रम सम्बत, इस्वी सम्बत संगसंगै नेपाल सम्बत पनि राख्न आग्रह गरे । राष्ट्रिय पहिचानको निम्ति नेपाल सम्बत होस् भनी उनले आग्रह गरेका थिए । 

तर त्यो कतै मेन्सन नगरिएको उनले बताएका छन् । त्यस्तै लिंग परिवर्तन गरिएको छ । यसको व्यवस्था हुनुपर्छ भन्नेबारेमा पनि वास्ता नगरिएको सांसद राजभण्डारीले बताए । 

यो भिडियो–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ