arrow

जम्मु-काश्मिरका ५० हजार युवालाई रोजगारीको घोषणा

logo
एएनआई,
प्रकाशित २०७६ भदौ १२ बिहिबार
satyalpal-malik-kashmir.jpg

श्रीनगर, भारत। भारतले केन्द्रीय सरकार मातहत ल्याएको घोषणा गरेको जम्मु काश्मिर राज्यमा ५० हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ। राज्यपाल सत्यपाल मलिकले बुधबार युवाहरुलाई रोजगारी दिने घोषणा गरेका हुन्। उनले आगामी दुईदेखि तीन महीनाभित्रमा ती सबै युवालाई रोजगारी दिइसक्ने पनि स्पष्ट पारे। 

“हामी आज घोषणा गर्न चाहन्छौँ की, जम्मु काश्मिर प्रशासनिक क्षेत्रका ५० हजार युवालाई रोजगारी दिनेछौँ,” उनले भने।  उनले सवै युवाहरुलाई यो अवसरको उपयोग गर्न आग्रह गर्दै पूर्णशक्ति परिचालित हुनुपर्नेमा जोड दिए। पत्रकार सम्मेलनमा मलिकले भने,“आउदो दुईदेखि तीन महीनामा यी सबै पदमा पदपूर्ति गर्नेछौँ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ