arrow

मोदी ट्रम्पभन्दा चलाख

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार

काठमाडौं । फ्रान्समा आयोजित जी सेभन शिखर बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच छुट्टै भेटघाट भयो। भारतीय सञ्चार माध्यमले भने दुवैलाई जैरना र वीरु भनेका छन् ।  मोदीको कुनै विशेष पहानुसँग झम्टिएर आँगालो हाल्ने बानी र ट्रम्पको हात उठाउने स्टाइल निकै चर्चित छ ।  

भेटघाटपछि सञ्चारकर्मी माझदेखिएका दुई नेताहरू रमाइलो पारमा देखिए । जब दुवै जी सेभन शिखर बैठकमा भेट भए तब मोदीले ट्रम्पको शैलीलाई चतुराईपूर्वक जवाफ दिए। ट्रम्प मोदीको हात पक्रन खोज्दै थिए तब मोदीले टात समातेर त्यसमाथि थपथपाउदै हात रातो हुने गरि हिर्काए ।
 
सो समय मोदीले हिन्दीमा पत्रकारहरुको जबाफ दिएका थिए । मोदीको जवाफपछि उनीतिर देखाउदै ट्रम्पले भने, 'वास्तवमा उनी एकदम राम्रो अङ्ग्रेजी बोल्छन् । उनी खालि बोल्न चाहँदैनन्।' ट्रम्पको भनाइपछि मोदी खुलेर हाँसे। त्यसपछि दुवैबिच रमाइलो गर्दै हात समातासमात समेत गरे । सो क्रम केही समय चलिरह्यो। उनीहरूको शैली देखेर उपस्थित अन्य व्यक्ति पनि हाँसिरहे।

ट्रम्प र मोदीको सो भिडियो सार्वजनिक भएसँगै भाइल भएको थियो । सामाजिक सञ्जालमा भिडियोले भारत र पाकिस्तानको तनावको समय दुवैको ठट्यौलीले बिशेष अर्थ राखेको बताइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ