arrow

तीजमा सुन्दर देखिन चाहानेका लागि साधारण तरिकाहरु

logo
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
Teej_song_(3).JPG

काठमाडौं। नेपाली र उत्तर भारतीय महिलाहरुले मनाउने हरितालिका तीजका अवसरमा कसरि राम्रो देखिने भन्ने महिलाहरुको गफको बिषय हो। के गर्दा राम्रो देखिन्छ भन्ने टिप्सहरु पनि ब्युटिसियनहरुले दिने गरेका छन्। बिशेषगरि विवाहित महिलाहरुले मनाउने तीज अविवाहित महिलाहरुले पनि मनाउन थालेका छन्।  

हुनत: राम्रो बाहिरी रुप भन्दा भित्रबाट हुनपर्छ भन्ने महिलाहरुको प्रतिशत पनि दिनदिनै बढ्दै गैरहेको छ। यस्तो भन्दैमा चाडपर्वमा चिटिक्क पर्नु पनि परम्परा नै हो । चिटिक्क पर्नु भनेको आफ्नो आत्मविश्वास बढाउनका लगि पनि हो।

रातो राम्रो गुलियो मिठओ भन्ने त उखानै रहेको छ। तीजमा बिशेषगरि विवाहित महिलाहरुले रातो सारी लाउने चलन रहेको छ। शिवजीको पुजा आराधना गरिने उक्त पर्वमा रातो र हरियो रंगको बिशेष महत्व रहेको छ। रातो बस्त्र र हरियो पोते, तिलहरी आदि लगाउने चलन रहेको छ। हरियो रंगको चुल्ठी बाँध्ने चलन पनि रहेको छ।

तीजमा साधारन तरिकाले पनि आत्मविश्वासी वा राम्री देखिन सकिन्छ ।

मेहेन्दी

हात र खुट्टामा मेहेन्दी लगाउँदा दुवै अंगको सुन्दरतामा निखार आउने हुन्छ । राम्रो बुट्टा भएको र राम्ररी लागेको मेहेन्दीले छुट्टै सुन्दरता छरिरहेको हुन्छ । मेहेन्दी उसै पनि बिभिन्न चाडपर्वमा महिलाहरुको सुन्दरता खालउन मेहेन्दीले सहयोग गर्ने गरेको छ।

मेकअप

गर्मी र पानी पर्ने मौसमा त्यही अनुसारको मेकअप गर्नु पर्ने हुन्छ । हुनत: वाटरप्रुफ मेकअप गर्दा पनि हुन्छ तर साधारण र चाडपर्व अनुसार मेकअप गर्दा ओंठ र आँखाको मात्र मेकअप गर्दा सुन्दर देखिन्छ। पानी र पसिनाले अरु मेकअपलाई बिगार्न सक्छ ।

टिका

चाडपर्वमा महिलाहरुले लगाउने सारी, कुर्ता वा लेहेंगा हो। तीनै किसिमका वस्त्रमा टिका सुहाउने गर्छ । लुगाको रंगसँग मिल्दोजुल्दो नभए रातो टिकाले सबै वस्त्रका लागि काम गर्छ । सारीसँग टिका लगाउँदा आफ्नो अनुहारको साईज अनुसार लगाए अझ सुन्दर देखिन्छ ।

चुरा

चाडपर्वमा महिला श्रृंगारको प्रमुख चीज चुरा रहेको छ। विवाहित महिलाले रातो र हरियो चुरामिलाएर लगाए सुन्दर देखिन्छ । आफुले लगाएको वस्त्रको रंग अनुसार चुरा मिलाएर लगाउँदा सुन्दरता निख्रिने हुन्छ । अविवाहितले हरियो र पंहेलो रंगको चुरा मिलाएर लगाउँदा राम्रो देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ