arrow

सिईओ कै ह्याण्डल ह्याक हुन्छ भने कस्को ट्विटर ह्याण्डल सुरक्षित होला !

logo
प्रकाशित २०७६ भदौ १४ शनिबार
twitter.png

एजेन्सी। ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्याक डोर्सीको ट्विटर ह्याण्डल ह्याक भएको छ। उनको ट्विटर ह्याण्डल करब २० मिनेट ह्याकरहहरुको हातमा रहेको थियो। उनको ह्याण्डलबाट उक्त समयमा ह्याकरहरुले नश्लिय र आपत्तिजनक ट्विटहरु गरेका थिए।

ती सबै ट्विटहरु हटाईसकिएका छन्। तर कुनै कुनै ट्विट १० मिनेटसम्म पनि टाईमलाईनमा देखिएका थिए। ट्विटरको टोलीले अनुसन्धान शु गरिसकेको बताईएको छ। अनुसन्धान टोलीले ‘चकल स्क्वाड’ भन्ने ह्याकर्स समुह माथि शंका गरेको छ।

उक्त ह्याकर्स स्कवाडले यसअघि बिभिन्न सेलिब्रिटीहरुको ट्विटर र युट्युब च्यानल ह्याक गरेको थियो। त्यही समुहले उक्त ह्याक गरेको अनुमान गरिएको छ।

आफ्नो ट्विटर खाता सुरक्षित बनाउन अलि लामो पासवर्ड राख्ने सुझाव दिईएको छ। अक्षरहरुसँगै अंक र चिन्हहरुको पनि प्रयोग गर्ने बारेमा जानाकारी दिईएको छ। ट्विटरको सिईओको नै ट्विटर ह्याण्डल ह्याक भयो भन्दा को सुरक्षित छ भन्ने प्रश्न उठेको छ।

आफ्नो अकाउन्टको सुरक्षाबारे सजग रहनु होस्। कुनै पनि शंका लागेका लिंकहरु क्लिक नगर्नुस्, पासवर्डमा ध?यान दिनुस्। आफ्नो सजगताले नै आफ्नो अकाउण्टको सुरक्षा गर्न सकिन्छ ।

४२ लाख फलोअर भएको सिईओको ह्याण्डललाई टार्गेट बानउँनु सामान्य हो तर ट्विटरका सिईओले आफ्नो अकाउण्टको सुरक्षा बारे किन सोचेनन् होला ? आफ्नो ह्याण्डल ह्याक हुनसक्ने गरि किन राखे ? कसरि  र कहाँ चुक भयो भन्ने कुरा आगामि दिनहरुमा खुल्दै जाला। अहिले आफ्नो अकाउण्टको सुरक्षा तपाईको जिम्मेवारी हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ