arrow

दुई बर्षीय बालकको खोलामा डुबेर मृत्यु  

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
drowning.jpg

जलेश्वर । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको विग्ही खोलामा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ । 
    
 मृत्यु हुनेमा महोत्तरी गापा–१ पर्साटोल बस्ने मो।उवेस नट्टका छोरा २ वर्षीय मो।ईरफान नट्ट रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
   
 खोला छेउमै रहेको सो टोलमा बस्ने बालक नट्ट खोलाको बाँधमाथि खेलिरहेका बेला अचानक लडेर खोलामा पुगेपछि खोलाले बालकलाई बगाएर लगेको थियो । मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ