arrow

अविवाहितका लागि बिशेष रेल, जीवनसाथी पाउन युवा गर्छन् दुई दिनको यात्रा

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
love-special-train-china.jpg

काठमाडौं ।  चीनमा अविवाहितको लागि बिशेष रेलको व्यवस्था गरिएको छ । चीनमा अविवाहितहरूको विवाहको लागि एक विशेष रेल सेवा सुरु गरिएको हो । यस ट्रेनलाई 'लभ स्पेशल ट्रेन' नाम दिइएको छ।

लभ स्पेशल रेल यात्रा अगस्ट १० बाट शुरू भएको हो ।  जसमा एक हजार भन्दा बढी अविवाहित पुरुष र महिलाहरूलेसँगै यात्रा गरेका छन् । 'लभ स्पेशल ट्रेन'को यात्रा दुई दिन र एक रातको छ । यो ट्रेन देशका एकल व्यक्तिलाई जोडि खोज्न सहयोग गर्ने उद्देश्यले सुरू गरिएको हो।

चीनमा करिब २० करोड मानिस अविवाहित छन्। वास्तवमा, चीनमा सन्  १९७० मा एक बच्चा नीति लागू गरिएको थियो, जसपछि देशमा लैंगिक अनुपातमा ठूलो गिरावट आएको छ। जस कारण मानिसहरूले विवाह गर्नमा समस्याहरू सामना गर्नु परेको छ।

यसै कारणले, छोराको चाहनामा आमा बाबुले गर्भमा रहेको छोरीहरूको एबोर्सन गर्न थाले, जसले देशको लैंगिक अनुपात बिग्रन थाल्यो। तर चीन सरकारले सन् २०१६ मा एक बच्चा नीति खारेज गरिएको छ ।

यस विशेष रेलमा यात्रा गर्ने यात्रुहरू मध्ये औसत १० प्रतिशतले विवाह गर्ने गरेका छन् । एक हजारले रेल यात्रा गर्दा  १०० व्यक्तिले आफ्नो जीवनसाथी पाउनेछन्। ट्रेन चीनको चोंगचिंग उत्तरबाट कियान्ज्या स्टेशनसम्म पुग्छ। यस ट्रेनको लोकप्रियताको कारण चाँडै हप्तामा दुई पटक चलायने व्यवस्था गरिदैछ ।

सन् २०१८ मा एक हजार पुरुष र महिलामध्ये ७२० जनाले मात्र विवाह गरेको तथ्याङ्क छ । यो तथ्याङ्कका कारण, चीनमा विवाहको दर गत दशकमा सब भन्दा कम रहेको छ। यस रेलमा यात्रा गरिरहेका एक यात्रुले भने,'यस्तो पहल जीवनसाथी पाउनको लागि  एकदम चाखलाग्दो छ। यसमा मानिसहरू यात्रा गर्दछ र  उनीहरूले सजिल्यै जीवनसाथी पाउनेछन् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ