arrow

ट्याक्टरबाट पानी बोक्ने झन्झटबाट यासोकबासी मुक्त

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
2139015690.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । पाँचथरको सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको यासोक ८ ओरदिनमा खानेपानीको ब्यवस्था गरिदिएपछि स्थानियबासी हर्षित भएका छन् ।

गरिबी निवारण कोष नेपालको ७ लाख ५३ हजार ३९ रुपैयाको लगानी तथा स्थानियको ३ लाख १६ हजार ३ सय २६ रुपैया गरी कुल १० लाख ६९ हजार २ सय ६५ रुपैयाको लगानीमा त्यस भेगका स्थानियको लागि ४ वटा धारा निर्माण गरिएको छ ।

धाराको उद्घाटन गर्दे वैकल्पिक उर्जा विकाश केन्द्र नेपाल पाँचथरका अधयक्ष हरिप्रकाश सुवेदीले निर्माण पश्चात त्यस भेगका २२ घरधुरीका १ सय २८ जनसंख्या लाभान्वित हुने वताए । स्थानिय सुखदुख खानेपानी संस्थाको पहलमा आयोजनाको काम ३ वर्ष अघि शुरु भएको थियो ।

घरघरमा पानी आएपछि आफूहरुलाई धेरै सहज भएको संस्थाका अध्यक्ष मान बहादुर लावतीले वताए । यसअघि सिवा दोबान देखि ट्याक्टर बाट बोकेर प्रति लिटर ५ रुपैयाका दरले त्यस भेगका स्थानिय पानी प्रयोग गर्दे आएका थिए । खानेपानीकै समस्याका कारण मात्रै त्यस वडाका ३५ परिवार वसाइसरिसकेका छन् ।

जिल्लाको यासोक,रानीगाऊ,स्याबरुम्बा गाविसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा त्यहाँका स्थानियलाई लक्षित गरी तमोर लिफट बाट खानेपानी ल्याउन लागिएको छ । उक्त आयोजनाको टेण्डर प्रक्रिया समेत अघि वढिसकेको जिल्ला खानेपानी सरसफाई डिभिजन कार्यालय पाँचथरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ