arrow

मानव बेचबिखन विरुद्धको १३ औँ राष्ट्रिय दिवस बर्दियामा मनाइने

logo
मुरली गोडिया,
प्रकाशित २०७६ भदौ १६ सोमबार
human-trafficing.jpg

गुलरिया, बर्दिया। जिल्ला प्रशासन कार्यालयमा माईती नेपाल र मानव बेचबिखन तथा ओसारप्रसार नियन्त्रण जिल्ला समिति बर्दियाले आयोजना गरेको अन्तरक्रियात्मक बैठकमा उपस्थित सरोकारवाला निकायहरूले जिल्लामा विविध कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेका छन्।

‘सरकारको प्रतिबद्धता मानव बेचबिखन तथा ओसारप्रसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’भन्ने मूल नाराका साथ मानव बेचबिखनविरूद्धको १३ औँ राष्ट्रिय दिवस बर्दियामा पनि विविध कार्यक्रम गरी मनाउन लागिएको हो। 

बैठकमा गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरीले सप्ताहव्यापी राष्ट्रिया दिवसको कार्यक्रममा सबैलाई उपस्थित हुन अनुरोध गरिन। बर्दिया खुला सिमाना भएकबो जिल्ला भएकाले पनि यो दिवस मनाउन र सबैलाई जागरुक गराउन जरूरी रहेकोमा उनले जोड दिइन्।

मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण समिति बर्दियाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूङवाङले प्रशासनले अनुगमन गरेका विकास निर्माणमा राजनिति नगरेको बताए। साथै उनले धेरै महिलाहरू खाडीमा पुग्ने गरेको र केहिलाई फर्काउन समेत निकै कष्ट गर्नु परेको समेत बताए। 

निर्णय अनुसार यही भदौ १९ गते र्‍याली, अन्तरकृया र २० गते र्‍यालीका साथै विभिन्न स्थानहरूमा सन्देशमुलक ब्यानर प्रदर्शन, बक्तृत्वकला प्रतियोगिता, जनचेतना सहितका कार्यक्रम गरी सप्ताहब्यापी रुपमा सो दिवसका अवसरमा मनाइने बताइएइको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ