arrow

कसले तिरेको छ प्रधानमन्त्री ओलीको उपचार खर्च ? 

logo
प्रकाशित २०७६ भदौ १७ मंगलबार
kp-oli.JPG.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा मृगौलाको उपचार गराइरहेका छन् । 

भदौ ५ मा उनी सिंगापुर उपचारमा गएका हुन् । ओलीले राज्यबाट उपचार खर्च नलिने कुरा सार्वजनिक भइसकेको छ । 

राज्यबाट उपचार खर्च नलिने प्रधानमन्त्रीको घोषणालाई स्वागतयोग्य नै मान्नुपर्छ । तर उनको उपचार खर्च कसरी ब्यवस्थापन भइरहेको छ । 

प्रधानमन्त्रीको उपचार खर्च उनको ब्यक्तिगत सम्पत्ति बिक्री गरेर भइरहेको छ कि कुनै दाताले दिएको छ ? त्यसको जानकारी पनि जनताले पाउनुपर्छ । 

प्रधानमन्त्रीको उपचारमा दैनिक लाखौं खर्च भइरहेको छ । त्यो रकमको पारदर्शीता हुनुपर्छ । प्रधानमन्त्रीको उपचारमा भ्रष्टाचारको रकम त खर्च भएको छैन, यो कोणबाट पनि प्रश्न उठेको छ । प्रधानमन्त्रीको उपचारमा कुन स्रोतबाट खर्च भएको हो जनताले थाहा पाउनुपर्छ कि पर्दैन ?

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ जनतालाई लुकाउनु पर्ने कुनै आवश्यकता नभएको भन्दै सबै कुरा स्पष्ट हुनुपर्नेमा जोड दिन्छन् । 

उनले प्रधानमन्त्रीको उपचार खर्च राज्यले नै बेहोरे पनि फरक नपर्ने तर सरकारले किन ढाँट्न खोजिरहेको छ त्यो जान्नु महत्वपूर्ण भएको बताए । 

सरकार प्रमुखको उपचार खर्च विवादास्पद नेशनल कलेजका संचालक बसिरुद्दिन मियाँले तिरेको भन्ने प्रसङ्ग पनि बाहिर आइरहेको छ । 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीसंग पछिल्लो समय मियाँ र एनसेलका सतिशलाल आचार्य बढी नै नजिकिएका छन् । त्यसैले पनि मियाँ र आचार्यले नै प्रधानमन्त्रीको उपाचार खर्च बहोरेको दावी गरिएको छ । 

एनसेलको २५ अर्ब लाभकर असुली नगर्न सर्वोच्च अदालतबाट भदौ ९ मा आदेश आउनुमा प्रधानमन्त्री ओलीको दबाबले काम गरेको विश्वस्त स्रोतको दाबी छ । 

स्रोतको यो दावी र सिंगापुरमा महंगो रकम खर्चेर भइरहेको प्रधानमन्त्री ओलीको उपचारमा आचार्यको नाम आउनुलाई संयोगमात्र मान्न नहुने नेकपाका एक नेताले बताएका छन् । उनी पनि पारदर्शीतामा जोड दिन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ