arrow

मुल्य बृद्धि गरेको विषयमा प्रशासनद्धारा मकवानपुर उद्योग वाणिज्य संघसँग स्पष्टिकरण माग

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1016264739.jpeg
सुनिल शिवाकोटी, हेटौँडा। मकवानपुर उद्योग वाणिज्य संघले खाद्य बस्तुको मुल्य बृद्धि गरेको विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्पष्टिकरण मागेको छ । एक महिनाको बिचमा पटक पटक भारी मूल्य वृद्धि गर्नुको कारण तीन दिनभित्र पेश गर्न प्रशासनले संघलाई आग्रह गरेको हो । संघले आज सनलवार तेल प्रतिलिटर २ सय ४५, तोरीको तेल २ सय ३० रुपिया, सोयाविन तेल प्रतिलिटर २ सय ४५ रुपिया, चिनीको प्रतिकिलो ७५ रुपिया र अन्य र्दजन खाद्यय वस्तुको मूल्य कायम कायम गरिएको सूचना सार्वजनिक गरेको थियो।
 
भारतले गरेको अघोषित नाकाबन्दीको मौका छोपेर संघले खाद्य बस्तुको मुल्य वृद्धि गर्दै, कालोबजारी गर्नेलाई समेत साथ दिन थालेपछि प्रशाशन कार्यालयमा आज बसेको बैठकले स्पष्टिकरण सोधेके हो । चिनी तेल लगायत खाद्यान्न सामाग्रीहरुको मूल्य नियमन गर्ने, विभिन्न उपभोग्य बस्तुको आपुर्ति सहज बनाउनका लागि नियमन गर्ने प्रशासनले जनाए को छ । संकटका बेला उपभोग्य बस्तुहरु लुकाई बिक्री वितरण नगर्ने गरेको पाइएमा प्रहरीको १०० मा फोन गर्न र  चाडपर्वलाई मितव्ययी रुपमा मनाउन समेत्र प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले सर्वसाधारणलाई आग्रह गरेको छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ